सुर्य चिन्ह र हसिँया हतौडा हाम्रो हो : योगेश भट्टराई

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १० गते १२:४७
सुर्य चिन्ह र हसिँया हतौडा हाम्रो हो : योगेश भट्टराई

काठमाडौं, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराईले आधिकारिक नेकपा बालुवाटारको नेकपा नभएर सडकको नेकपा भएको बताएका छन् । नेता भट्टराईले सूर्य चिन्ह र हसिया हथौडाकाे झन्डा आफूहरुको भएको बताएका हुन् ।

शुक्रबार बिरोध प्रर्दशनपछि काठमाडौंको कान्तिपथ स्थित निर्वाचन आयोग अगाडिको कोणसभालाई सम्बोधन गर्दै नेता भट्टराईले प्रतिनिसभा पुनः स्थापना नहुदासम्म र नेकपाका नेता बालुवाटारमा नबस्दासम्म आन्दोलन जारी रहने बताए ।

निर्वाचन सबैधानिक आयोग भएकोले तलमाथि गर्न नपाउने समेत बताए । उनले भने,‘यो सूर्य चिन्ह, यो हसिया हथौडा झन्डा हाम्रो हो ।’उनले बहुमत केन्द्रीय सदस्य आफूहरुसँग रहेको भन्दै सूर्य चुनाव चिह्‍न आफूहरुको भएको बताए ।

भट्टराईले आफूहरु संविधानको सर्वोच्चता, प्रतिनिधिसभा पुनर्गठनको पक्षमा रहेको पनि बताए । उनले संसद् जीवित रहेको भन्दै सभामुख अग्‍निप्रसाद सापकोटालाई संसद् बैठक बोलाउन पनि आग्रह गरे ।-फाईल तस्बिर

प्रकाशित : २०७७ पुष १० गते १२:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI