नेकपा विवाद : अनेरास्ववियु सम्म पुग्यो कार्वाहीको श्रृङखला

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १० गते १७:५०
नेकपा विवाद : अनेरास्ववियु सम्म पुग्यो कार्वाहीको श्रृङखला

काठमाडौं, १० पुस । नेकपाभित्रको विवादको असर विद्यार्थी संगठन अनेरास्ववियूमा पनि देखिएको छ ।

सो संगठनमा पनि एकले अर्कोलाई कारबाही गर्ने श्रृंखला शुरु भएको छ । यसैबीच दाहाल–नेपाल समूहले अनेरास्ववियूका संयोजक ऐन महरलाई कारबाही सिफारिस गरेको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्‍जित तामाङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै महरलाई कारबाही गरिएको जानकारी गराएका छन् । महरलाई गरिएको कारबाहीलाई अनुमोदन गर्नका लागि नेकपा केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संगठनको नीति, निर्णय र विधान विपरीतका गतिविधि निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हेनुर्हहोस् विज्ञप्ति–

प्रकाशित : २०७७ पुष १० गते १७:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI