मेक्सिकाे पुगेर कंगनाले देखाइन् विकिनी अवतार

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १० गते १८:४०
मेक्सिकाे पुगेर कंगनाले देखाइन् विकिनी अवतार

बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । केही समय यता उनले कुनै न कुनै मुद्दालाई लिएर सामाजिक सञ्जालमा बहस छेड्ने गरेकी छन्

 

सुशान्त राजपूतको केसमा सबैबाट वाहवाही पाएकी कंगनालाई किसान आन्दोलनमा राखेको अभिव्यक्तिका कारण मानसिक तनावको अवस्थामा समेत पुर्‍याएको छ ।

तर, लामो समयदेखि आज उनी फरक तरिकाले चर्चामा आएकी छन् । सामाजिक मुद्दाहरुमा बोल्दै आएकी कंगनाले एकपटक फेरि आफ्नो पुरानो अवतार देखाएकी छन् ।

आफ्नो हट एण्ड बोल्ड फोटो शेयर गर्दै पुरानो यादलाई ताजा बनाएकी छन् ।

बलिउडमा बोल्ड लुकका लागि चिनिँदै आएकी कंगना रनौतले पुनः एकपटक आफ्नो पुरानो दिनको याद गराएकी छिन् ।

कंगनाले आफ्नो मेक्सिसो यात्राका क्रममा आफ्नो थ्रोब्याक फोटो शेयर गरेकी छन् ।

समुद्री तटमा बसिरहेकी देखिन्छिन् उनी । उनले रातो विकिनी लगाएकी छन् । यो तस्वीरमा उनका प्रशंसकले निकै प्रतिक्रिया दिएका छन् ।​

कंगनाले आफ्नो यो बोल्ड फोटोलाई इन्स्टाग्राम र ट्वीटरमा शेयर गरेकी छन् ।

फोटोसँगै उनले भनेकि छन्, ‘शुभ बिहान मित्रहरु  । म आफ्नो जिन्दगीमा सबैभन्दा एक्साइटेट ठाउँमा आएको छु । यो मेक्सिकोको सानो आइल्याण्ड टलुम हो ।’

साथै उनले यसपाली नयाँ वर्षमा आफू केदारनाथ जान चाहेको पनि ट्वीटरमा लेखेकी छन् । त्यहाँ आठै ज्यातिर्लिङ्गको दर्शन गर्ने चाहना भएको उनले बताएकी छन् ।

प्रकाशित : २०७७ पुष १० गते १८:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI