संसद विघटनको विरोधमा काङ्ग्रेस नवलपुरले पौष १३ गते गैंडाकोट र चोरमारामा प्रदर्शन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १० गते १९:१९
संसद विघटनको विरोधमा काङ्ग्रेस नवलपुरले पौष १३ गते गैंडाकोट र चोरमारामा  प्रदर्शन गर्ने

कावासोती । नेपाली काङ्ग्रेस नवलपुरले संसद विघटनको विरोधमा यहि पौष १३ गते गैंडाकोट र चोरमारामा प्रदर्शन गर्ने भएको छ ।

संसद विघटनको असंवैधानिक कदम विरुद्ध नेपाली काङ्ग्रेस केन्द्रिय समितिले देश व्यापी रुपमा संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने गरि निर्णय गरे अनुसार शुक्रबार बसेको नेपाली काङ्ग्रेस नवलपुरको पदाधिकारी र क्षेत्रीय सभापतिहरुको बैठकले संघीय क्षेत्र नं १ को गैंडाकोट र संघीय क्षेत्र नं २ को चोरमारामा सरकार विरुद्ध प्रदर्शन गर्ने तय गरिएको नेपाली काङ्ग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरेले बताए ।

प्रधानमन्त्री ओलिको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरे पछि नेपाली काङ्ग्रेसको आसन्न केन्द्रिय समिति बैठकले पौष १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा सरकार विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २०७७ पुष १० गते १९:१९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI