मन्त्रिपरिषद् हेरफेर र विस्तार, कसलाई कुन मन्त्रालय ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १० गते १९:५८
मन्त्रिपरिषद् हेरफेर र विस्तार, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेका छन् । हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड मन्त्रिपरिषदबाट बाहिरिएका छन् ।

टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री भएका छन् ।

प्रधानमन्त्री ओलीले जुलीकुमारी महतोलाई महिला बालबालिका मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छिन् ।

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । यसैबिच नवमन्त्रीहरुको शीतल निवासमा शफत ग्रहण भएको छ।

प्रकाशित : २०७७ पुष १० गते १९:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI