काङ्ग्रेस नवलपुरले भोलि बृहत प्रदर्शन गर्दै : गैंडाकोटमा महामन्त्री कोईरालाले सम्बोधन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १२ गते १९:०९
काङ्ग्रेस नवलपुरले भोलि बृहत प्रदर्शन गर्दै : गैंडाकोटमा महामन्त्री कोईरालाले सम्बोधन गर्ने

कावासोती । नेपाली काँग्रेसले लोकतान्त्रिक संविधान रक्षाको पक्षमा सोमबार गैँडाकोट र चोरमारामा प्रदर्शन गर्ने भएको छ । कम्युनिष्ट सरकारको असंबैधानिक कदम, संसद विघटन, सर्वत्तावाद र भ्रष्टाचारको विरुद्धमा सोमबार (भोली) बृहत विरोध प्रदर्शन गर्ने नेपाली काङ्ग्रेस नवलपुरले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभा विघटन गरेको भन्दै काँग्रेसको केन्द्रिय समिति बैठकले देशब्यापी रुपमा १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रमको तय गरेको छ ।

गैंडाकोटमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस संघीय क्षेत्र नं. १ नवलपुरको आयोजनामा गैँडाकोटमा हुने विरोध कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले सम्बोधन गर्ने बताइएको छ । सोमबार दिउँसो १२ बजे गैँडाकोट काँग्रेस चोकबाट र्‍याली निकालिने पत्रकार सम्मेलनमा क्षेत्रीय सभापति द्रोण वनले बताए ।

यस्तै नवलपुरको संघीय क्षेत्र नं २ को चोरमारामा पनि बृहत प्रदर्शनको तयारी गरिएको काङ्ग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लामिछानेले बताए । र्‍याली पछि मध्यविन्दु नगरपालिका वडा नं ७ चोरमाराको फुलबारी चोकमा विरोध सभा राखिएको र सभामा काङ्ग्रेसका जिल्ला स्तरका नेताहरूले सम्बोधन गर्ने सभापति लामिछानेले बताए ।

 

प्रकाशित : २०७७ पुष १२ गते १९:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI