No ads found for this position

अवैधरुपमा खोला उत्खनन गर्ने १८ ट्रयाक्टर प्रहरी नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १३ गते १२:५४
No ads found for this position
अवैधरुपमा खोला उत्खनन गर्ने १८ ट्रयाक्टर प्रहरी नियन्त्रणमा
No ads found for this position

कावासोती । अवैधरुपमा खोला उत्खनन गर्ने १८ वटा ट्याक्टरलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार  विहान ४ बजेको समयमा जिल्ला प्रहरी कार्यलय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय दुम्किबास बाट खटिएको संयुक्त प्रहरी टोलीले १८ ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

विनयी त्रिवेणी गाँउपालीकाको  पिदरी , मनिखम्बा स्थित रहेको बिनयी खोलाबाट १६ वटा र अ.प्र.पोष्ट डण्डा बाट खटिएको प्रहरी टोलीले कावासोती ३ केरुङ्गे खोला बाट २ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

नदिजन्य पदार्थ चोरि निकासी गरिरहेको अबस्थामा लु ३ त १०३६ ,  लु ३ त ७५२५ , लु २ त ५४२३ , लु ३ त ४६५०,  ना ६ त ९०५८ , लु४त १०८४, लु २ त७७२० , लु ४ त ८६६, लु २ त ४५४४ , लु४त २१४५ , रा १ त २९९९ , लु ३ त ४५७२ , लु४त १०८७ , लु ४ त १९३९ , लु ४ त ६९५ , लु ३ त ६२१६ , लु ४ त ३८९८ , एउटा नम्वर नखुलेको गरी १८ वटा ट्र्याक्टर रहेको प्रहरीले जानकारी दिएको छ । यस अघि पनि पटक पटक प्रहरीले धेरै नै ट्याक्टरहरु नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित : २०७७ पुष १३ गते १२:५४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI