विवाहको वर्षगाँठमा श्रीमतीलाई चन्द्रमामा २३ रोपनी जग्गा उपहार

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १४ गते ९:१४
विवाहको वर्षगाँठमा श्रीमतीलाई चन्द्रमामा २३ रोपनी जग्गा उपहार

भारतको राजस्थानस्थित अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र आजकाल निकै चर्चामा छन् ।

उनले चन्द्रमामा जमिन खरिद गर्ने आफ्नी श्रीमतीको सपना साकार पारिदिएका छन् ।

उनले २४ डिसेम्बरमा आफ्नो विवाहको आठौं वर्षगाँठमा चन्द्रमाको जग्गा श्रीमतीलाई उपहार दिएका छन् ।

बीबीसी हिन्दीसँगको कुराकानीमा धर्मेन्द्रले आफूले एक वर्ष अघि नै श्रीमतीलाई वर्षगाँठको उपलक्ष्यमा चन्द्रमाको जग्गा उपहारमा दिने निर्णय गरिसकेको बताए । उनले भने, ‘यो सरप्राइज दिनु सहज थिएन । थुप्रै स्थितीको सामना गरेर सपनाका लागि चन्द्रमामा जग्गा खरिद गर्ने सपना पूरा भएको हो ।’

धर्मेन्द्रले भने, ‘चन्द्रमामा जग्गा खरिद गर्नु सहज छैन । यदि सहज हुँदा हो त जो कोहीले पनि किन्थे होलान् ।’

चन्द्रमामा कहाँ खरिद गरे जग्गा ?

धर्मेन्द्र अनिजाकी श्रीमती सपना अनिजा भन्छिन्, ‘उपहारमा चन्द्रमाको जग्गा पाउँदा यति खुसी भएकी थिएँ कि कति पटक त रुन मात्रै मन लागिरहेको थियो । यस्तो उपहार पाउने सायद म संसारकै सबैभन्दा भाग्यमानी महिला हुँ ।’

उनी भन्छिन्, ‘कार्यक्रममा जब मलाई ‘के सरप्राइज दिइँदै छ अनुमान गर्नुहोस् त’ भनेर प्रश्न सोधियो तब मैले कुनै गाडी, गहना वा केही विशेष उपहार होला भनेर सोचेकी थिएँ । तर चन्द्रमाको जग्गा नै उपहारमा होला भनेर कहिले पनि सोचेकी थिइनँ ।’

सपनाको नाममा चन्द्रमामा १४.३ नर्थ ल्याटिट्युड ५.६ ईस्ट लन्गिट्युड, लेक्ट २० पार्सल्स ३७७, ३७८ र ३७९ मा तीन एकड (२३ रोपनी) जमिन खरिद गरिएको छ ।
को हुन् धर्मेन्द्र अनिजा ?

धर्मेन्द्र अनिजा र सपना अनिजा अजमेरका बासिन्दा हुन् । उनीहरु यहाँकै स्कूल र कलेजमा पढेका हुन् ।

अजमेर सरकारी कलेजमा नै दुईको भेट भयो र पछि विवाह भयो ।

विवाह लगत्तै धर्मेन्द्र अनिजा ब्राजिलमा टूर एण्ड ट्राभलको व्यापार गर्र्दै आएका छन् र उनका आमा–बुवा अजमेरमा नै बस्छन् ।

पछिल्लो करिब १० महिनादेखि धर्मेन्द्र अनिजा अजमेरमा आफ्नो परिवारसँगै बस्दै आएका छन् । उनीहरुका एक वर्षकी छोरी छिन् ।

धर्मेन्द्रका पिता रामदयाल अनिजा कन्ट्र्याक्टर हुन् र सपनाका पिता गिसुलाल अर्नेडिया अवकाशप्राप्त बैंक म्यानेजर हुन् । – बीबीसी

प्रकाशित : २०७७ पुष १४ गते ९:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI