No ads found for this position

यस्तो टाउको दुखाईले ज्यानै लिन सक्छ !

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १४ गते ९:२९
No ads found for this position
यस्तो टाउको दुखाईले ज्यानै लिन सक्छ  !
No ads found for this position

एजेन्सी – समय समयमा विभिन्न समस्याका कारण टाउको दुख्नुलाई सामान्य नै मानिन्छ । तर, कहिलेकाँही अचानक अत्यधिक टाउको दुख्नुले विभिन्न रोगको संकेत गर्छ । जस्तै, कहिलेकाँही प्यारालाइसिस, मस्तिष्क ट्युमर, मस्तिष्कमा रगत जम्ने जस्ता कारण पनि टाउको अत्यधिक दुख्छ ।

तर, कुन रोगका कारण टाउको दुखेको हो भनेर पत्ता कसरी लगाउने भन्ने समस्या पर्न सक्छ । मानसिक तनावका कारण टाउको दुख्ने समस्यालाई माइग्रेन भनिन्छ ।

यो टाउको दुखाई केही समयमा औषधि, उपचार र खानपानका कारण निको हुन सक्छ । तर, कहिले काँही ज्यानै लिने गरी टाउको दुख्छ त्यो टाउको दुखाईमा कस्ता लक्षणहरु देखिन्छ त ?

१. अचानक र असहनीय दुखाई
अचानक र असहनीय दुखाई हुनुलाई Thunderclap भनिन्छ । यो टाउको दुखाई ६० सेकेन्डभित्र गम्भीर हुनसक्छ । भने, एक घण्टामा कम हुन्छ । तर खतरा भने बाँकी नै रहन्छ । यस्तो दुखाई कहिलेकाँही मस्तिष्कमा रगत प्रवाह हुने कारण हुनसक्छ । जुन मस्तिष्का चोट लागेमा वा प्यारालाइसिस भएको समयमा हुनसक्छ । यस्तो समयमा बिरामीलाई बान्ता हुने र मनोवैज्ञानिक रुपमा उलझन पैदा हुने गर्छ ।

२. चोट लागेपछि टाउको दुख्नु 
टाउमा चोट लागेपछि टाउको दुख्न सुरु हुनुलाई ब्रेन ह्यामरेजको संकेतको रुपमा लिइन्छ । कहिलेकाँही टाउकोमा चोट लागेको लामो समयपछि पनि टाउकोमा दुखाई सुरु हुन सक्छ । चोटका कारण मस्तिष्कमा गम्भीरता बढ्छ । कहिलेकाँही हल्का लड्दा वा चोट लाग्दा पनि मस्तिष्कमा रगत बग्न थाल्छ र यस्तो अवस्थामा रिंगटा लाग्ने, बेहोस हुने, उज्यालोमा हेर्न समस्या हुने र मनोवैज्ञानिक स्थितीमा बदलाव आउने हुनसक्छ ।

३. मस्तिष्कको सुरक्षात्मक झिल्लीमा संक्रमण 
मस्तिष्कको सुरक्षात्मक झिल्लीमा हुने एलर्जीका कारण टाउको दुख्न सक्छ । तर कहिलेकाँही मस्तिष्कको रिडको हड्डी ढाक्ने झिल्लीमा हुने संक्रमणका कारण पनि टाउको दुख्छ । यस्तो भाइरल वा ब्याक्टेरियाको इनफेक्शनको कारण पनि हुन सक्छ ।

४. टाउकोको एकापट्टी मात्रै दुख्नु 
ऋचानक टाउकोको एक तर्फ मात्रै दुख्नु पनि गम्भीर हुन सक्छ । एकातर्फ मात्रै टाउको दुख्ने र उक्त दुखाई काँध हुँदै हातसम्म महसुस हुनु खतरनाक टाउको दुखाईको संकेत हुनसक्छ । यस्तो दुखाईले मस्तिष्कको नशामा गम्भीर समस्या पैदा गर्छ सक्छ । यस्तो अवस्थामा मस्तिष्कको नशामा रगत जम्न सक्छ र प्यारालाइसिस हुनसक्छ ।

प्रकाशित : २०७७ पुष १४ गते ९:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI