ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १५ गते १६:४५
ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म

काठमाडौं । ९ महिनापछि मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन खुला भएको छ । बायोमेट्रिक डेटका आधारमा आइतबार, सोमबार, मंगलबार र बुधबार कोटा उपलब्ध हुनेछ । उक्त कोटाभित्र तपाईंले आवेदन दिन सक्नुहुन्छ ।

तर, लामो समयपछि फारम खुलेकाले आवेदन दिने धेरै देखिएका छन् । जसले गर्दा यातायात व्यवस्था विभागको अनलाइन साइट नखुल्ने समस्या देखिएको छ । उक्त समस्या समाधानका लागि काम भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार कोटा अन्तर्गत एउटा कार्यालयबाट मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चार पाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सयले दैनिक अनलाइन आवेदन दिन पाउने छन् ।

तर, अनलाइन आवेदन दिने विषयबारे जानकारी नहुँदा हामी कतिपयले आवेदनका लागि विचाैलियालाई पैसा तिर्नुपर्ने अवस्था रहेको छ । त्यसैले यहाँ हामी तपाईंहरुलाई अनलाइन मार्फत सवारी चालक अनुमतिपत्रको आवेदन कसरी दिने भन्ने विषयमा प्रक्रियागत रुपमा जानकारी दिँदैछौ ।

अनलाइन आवेदन दिने तरिका

त्यसका लागि सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट(www.dotm.gov.np)खोल्नुहोस् । त्यसको भित्र दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिङ्क्स’ भन्ने सेक्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ लिंकमा क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गर्दा नयाँ विन्डोज खुल्नेछ । जसको सबैभन्दा माथि निलो रंगले लेखिएको ‘Online Driving License Registration’ मा क्लिक गर्नुहोस् ।

यसपछि आउने नयाँ विन्डो ‘सिटीजनसिप’ मा नेपाल छानेर New License मा अप्लाई गरी ‘प्रोसिड’ मा क्लिक गर्नुहोस् ।

‘प्रोसिड’ मा क्लिक गरेसँगै त्यहाँ फारम खुल्नेछ । उक्त फारममा आवश्यक जानकारी भरी (त्यहाँ भएका ‘category ’ र  ‘mobile number ’ भर्नैपर्छ, एकपटक लेखेपछि मिलाउन पनि मिल्दैन ।) अन्त्यमा रहेको ‘submit’ मा क्लिक गर्नुहोस् ।

जब तपाईंले अनलाइन फारम भरेर ‘submit’ मा क्लिक गर्नुहुन्छ । तब, यदि तपाईं तोकिएको कोटाभित्र पर्नु भएको खण्डमा तपाईंको अनलाइन फारम विभागको सिस्टमले एक्सेप्ट गर्नेछ । यदि कोटाभित्र पर्नुभएन भने विभागले आजका लागि कोटा पुरा भएको जानकारी दिनेछ र तपाईंको फारम एक्सेप्ट हुनेछैन ।

यदि फारम एक्सेप्ट भएको खण्डमा त्यहाँ भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्ने हुन्छ । उक्त पेपरमै तपाईंको बायोमेट्रिकका लागि समय उल्लेख गरिएको हुन्छ ।

उक्त तेकिएको समयमा तपाईं बायोमेट्रिकका लागि आवेदक फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ ।

बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिने लगायतका काम हुन्छ । साेही दिन तपाईंको लिखित परीक्षा दिने समय समेत तपाईंले कार्यालयबाट जानकारी प्राप्त गर्नु हुनेछ ।

लिखित परीक्षामा असफल भएको खण्डमा ९० दिनसम्म अर्को फारम भर्न पाइँदैन ।

प्रकाशित : २०७७ पुष १५ गते १६:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI