आजकाे माैसम : पहाडी भूभागमा आंशिक बदली रहने

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १६ गते ७:४९
आजकाे माैसम : पहाडी भूभागमा आंशिक बदली रहने

काठमाडाैं। आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया माैसम सफा रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे पूर्वानुमान छ। राति प्रदेश १ मा आंशिक बदली, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएकाे छ।

तापक्रम चिसो रहिरहने हुनाले चिसोबाट बच्न तथा तराई/पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शीतामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

प्रकाशित : २०७७ पुष १६ गते ७:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI