No ads found for this position

गैंडाकोट जेसीजको १४ औं अधिवेशन सम्पन्न,अध्यक्षमा सापकोटा

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १९ गते ७:४०
No ads found for this position
गैंडाकोट जेसीजको १४ औं अधिवेशन सम्पन्न,अध्यक्षमा सापकोटा
No ads found for this position

अजय पौडेल/गैंडाकोट ।  गैंडाकोट जेसीजको १५ औं साधारणसभा तथा १४ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बर्ष २०२१ को लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा दया सापकोटा, कार्यकारीणी उपाध्यक्षमा दिपक सापकोटा तथा मदन सापकोटा, महासचिवमा राजेश पौडेल,कोषाध्यक्षमा हरी पौडेल,उपाध्यक्षमा श्याम बन,क्षितिज आचार्य,सुदर्शन भुसाल र बिपिन सापकोटा चयन हुनुभएको निर्वाचन आयुक्त भानुभक्त रिमालले जानकारी दिनुभयो ।
कार्यसमितिको सह सचीवमा गौरी पौडेल तथा सह कोषाध्यक्षमा पवन कार्की चयन भएको निर्वाचन आयुक्त रिमालले जानकारी दिनुभयो ।

यस अगाडी भएको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथि तथा गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटाले जेसिजले अझै समाजमा सामाजिक सकारात्मक कार्य गर्दै आम नागरिक समक्ष पुग्ने गरि काम आग्रह गर्नुभयो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पुर्ब अध्यक्षहरुले गैंडाकोट जेसीजको आगामी यात्रा सुखर र उज्ज्वल होस भनी शुभकामना दिनुभयो ।

साधारणसभामा बर्ष २०२० का महासचिव,कोषाध्यक्ष ,कार्यकारीणी उपाध्यक्ष तथा उपाध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिबेदन सर्बसम्मत पारित भएको थियो । गैंडाकोट जेसीजका अध्यक्ष सुशील काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव शंकर अधिकारीले गर्नुभएको थियो ।।

प्रकाशित : २०७७ पुष १९ गते ७:४०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI