संसदीय व्यवस्था अनि ती हिटलर र यी ओली

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १९ गते १४:३३
संसदीय व्यवस्था अनि ती हिटलर र यी ओली

सुदिप परियार-तानाशाह हिटलरको जननी जननिर्वाचित संसद थियो । सुन्दा अचम्म लाग्ने यो बिरोधाभाष जर्मनीले करिब 7 दशक अगाडि भोगेको इतिहास हो । हामी आज त्यसैको प्रारम्भिक बिन्दुमा छौ । तानाशाह र संसद विपरीत हुन जस्तो हामीलाई लाग्छ । हो, यी दुइ व्यवस्थाहरु एउटाको चिहानमा अर्को जन्मन्छ्न ।संसदिय व्यवस्थाको चिहानमा जन्मिएको तानाशाह संसदिय व्यवस्थापुर्वको तानाशाह भन्दा निकै निर्मम , निरङ्कुश र रक्तपातपुर्ण हुन्छ ।

 

इतिहासमा विकसित घटनाक्रमलाई हेर्दा जननिर्वाचित ससदको चिहानमा जन्मने तानाशाहीका केहि चरण , प्रक्रिया र विशेषताहरुसङ्ग मेल खाने परिस्थितिहरु बाट अहिले हामी गुज्रिरहेका छौँ ।

 

१. निम्नवर्गको ब्यानर

यो समाजको सबैभन्दा तल्लो तह ( कम्युनिस्ट भाषामा भन्नुपर्दा सर्वहारा वर्ग ) किसान , मजदुर आदिको नाममा एकीकृत हुन्छ र राजनैतिक दलको रुप धारण गर्दछ । हिटलरले आफ्नो सुरुवात समाजवादी मजदुर पार्टी ( सोसलिष्ट वर्कर पार्टी ) नामको राजनैतिक दलबाट गरेका थिए । यो उनको आफ्नो राजनैतिक जिवनको लागि ठुलो दुरदर्शिता थियो । शिक्षामा पहुँच नभएको यो वर्ग निकै कम सचेत र राजनैतिक रुपमा बढी आवेगी हुन्छ ।यस भिडले मुक्तिको लागी एउटा सदाबहार मुक्ति नायकको अपेक्षा रख्दछ र बिना विश्लेषण आजीवन त्यस नायकको लागि खट्दछ अनि उसको लागि जीवन समर्पण गर्दछ । यो ईश्वर र भक्त प्रथामा आधारित हुन्छ । हिटलर भक्त र ओलीभक्तमा यही समानता छन ।

 

 

.जेलजीवन

तानाशाहलाई फालेर संसदिय व्यवस्था स्थापनाको लागी संघर्ष गर्दै गर्दा वा ससदिय व्यवस्था स्थापना भएर यो व्यवस्था हुर्कदै गर्दा नेताको गिरफ्तारी र जेल जिवनले उसको ख्यातिलाइ बढाउछ । हिटलर र ओली दुबैले यसलाइ भरपुर उपयोग गरे । 1923 मा हिटलर र उनका सानो झुन्डले सत्ता कब्जा गर्ने प्रयास गरेको थियो। त्यो असफल भयो । हिटलरलाई जेलमा कैद गरियो । त्यो जेल जीवन नै राजनीतिमा हिटलरको उदयको कोसेढुङ्गा साबित भइदियो । त्यो कदम नितान्त हिटलरको शासक बन्ने व्यक्तिगत महत्वकाक्षा थियो तर जनताले यसलाई फरक ढङ्गलेले बुझ्यो , बुझाइयो र हिटलर रातारात जननायक बने । ओलीको उदय पनि यस्तै छ । झापा बिद्रोह साच्चै बिद्रोह थियो कि व्यक्ति हत्या , त्यो अझै विश्लेषणमै छ तर यस पृष्ठभुमिले ओलीको जेलजीवन शुरु भयो । अनि जनमानसमा जन्मिए , जन्माइए जनताको नायक के पी ओली। जसको ब्याजस्वरुप जति प्रतिगामी र असम्वैधानिक भएपनी ओलिले भक्तहरुको कहिल्यै नछुट्ने एउटा झुन्ड पाइरहेकै छन ।

 

 

 

.संसदिय व्यवस्थाका खेलाडी

हिटलर र ओली दुबै ससदिय व्यवस्थाका उत्कृष्ट खेलाडी हुन । वाकपटुतामा पनि दुबै उत्कृष्ट । हामीलाइ हिटलर मुर्ख र अज्ञानी शासक जस्तो लाग्छ तर त्यस्तो होइन ।हिटलर आफ्ना समकालीन राजनीतिज्ञहरु भन्दा वाक कलामा निकै अगाडि थिए । उनको भाषणको प्रभावले निकै सानो उनको पार्टी 1930 चुनावमा 107 सिट सहित दोस्रो दल र 1032 को चुनावमा 230 सिट सहित सबैभन्दा ठुलो दल बनेको थियो । अहिले हामी ओली नेतृत्वको दुई तिहाइ र यसका परिणामहरुबाट गुज्रिरहेका छौ ।

 

४. सांसद किनबेच , गठबन्धन सरकार

प्रजातान्त्रिक भनिन रुचाउने काङ्ग्रेस , बहुदलीय जनवादी एमाले र अग्रगामी भनिन रुचाउने माओवादी जे जे भनेपनी सबै दल सासद किनबेच र गठबन्धन जुटाउने फुटाउने खेलको फोहोरी राजनीतिमा व्यस्त छन । हिटलरको पालामा पनि त्यहाको ससद यस्तै खेलमा मस्त थियो। ठुलो दल भएपनी सरकारको लागी गठबन्धन गर्नु पर्ने भयो । राजनैतिक अंकगणित बुझेका हिटलरले सुरुमा आफ्नो समर्थनमा कर्ट भान स्लाइकरलाई चान्सलर ( कार्यकारी प्रमुख ) बनाइदिए र पछि 1933 मा उनलाई हटाएर आफू चान्सलर बने ।हिटलरको पार्टीका कार्यकर्ताले यसलाइ आफ्नो नेताको राजनैतिक कुशलता सम्झिए । प्रतिपक्षी दलहरुले यसलाई सत्तासीन गठबन्धन भित्रको द्वन्द्व सम्झेर आनन्द लिए जुन कालान्तरमा हिटलरका पार्टी र प्रतिपक्षी दुबैलाई घातक साबित भयो । अहिले ओलीभक्तको झुन्ड र काङ्ग्रेस भित्रको आफुलाइ ससदिय व्यवस्थाको खेलाडी सम्झने कित्ता यही भुल गर्दैछ ।

 

 

.संसदको अन्त्य

1933 को फेब्रुअरीमा हिटलरको समर्थकहरुले ससदमा आगजनी गरे । नाटकीय रुपमा मन्चित यस घटनालाई कम्युनिस्टले घटाएको भन्दै सरकारी सन्चार माध्यममा ठुलो प्रचार गरियो। लगत्तै यस बहानामा हिटलर र उनको गठबन्धन सरकारले जनताको सुरक्षाको लागी भन्दै Decree for the protection of German people नामको अध्यादेश जारी गर्यो जुन केहि समयको आपतकाल व्यवस्थापनको लागी भनिएको थियो र त्यो 12 बर्ष हिटलर नमरुन्जेल1945 सम्म रह्यो ।

 

.राजनैतिक हत्याको शृङ्खला

तत्काल जनताले केही समयको लागी भनेर मौन समर्थन दिएको यस अध्यादेश कालान्तरमा सम्पूर्ण देश र जनता र प्रतिपक्षको लागी आफ्नै चिहान बन्न पुग्यो । निश्चय नै आपतकालीन अध्यादेशमा परिस्थिति हेरेर जनताको वाक स्वतन्त्रता कुन हद सम्मको राख्ने , मौलिक अधिकारका कुन कुन धाराहरु लाई निलम्बन गर्ने भन्ने कुरा सरकारले निर्णय लिन सक्छ तर यो केही समयको लागि मात्र हुन्छ। हिटलरले यसलाई अझ कडा बनाउदै आफ्नो जीवनको अन्त्यसम्म जारी राखे । इतिहासमा the night of long knives नाम दिइएको हिटलर उदयको प्रारम्भिक हत्याकाण्ड june 30 ,1934 – july 2nd 1934 मा 3 दिनभित्र सरकार द्वारा 150 जनाको हत्या गरिएको थियो जसमध्ये 85 जना सत्तापक्ष , प्रतिपक्षी र तत्कालीन प्रभावशाली नागरिक व्यक्तितब हरु थिए । यस ह्त्याकाण्डमा हिटलरलाई पार्टी भित्र स्थापित हुन सघाउने आफनै कट्टर समर्थक अन्स्ट रोम , पार्टी भित्र हिटलरसङ्ग असहमत धारको नेता ग्रगर ट्यासर , आफैले बनाएका आफ्नै गठबन्धनबाट चान्सलर बनेका भू पू चान्सलर कर्ट भान स्लाइकरको हत्या निकै विचारणीय छ । यस हत्याकाण्डको 1 महिना पछि अगस्ट महिनामा राष्ट्रपति हिन्डेनबर्गको निधन भयो । आपतकालीन अवस्था र आपतकालीन अध्यादेशको जगमा टेकेर हिटलरले आफुलाइ राष्ट्रपति र चान्सलर दुबै घोषणा गर्दै एकल शासन सुरु गरे । रास्ट्रपति र न्यायालयमा ओलीको हुकुमी प्रभाव र शैलीले ओली मार्गको गन्तव्य कता हो सजिलै बुझ्न सकिन्छ ।

 

.राष्ट्रवादको मुकुन्डो

राष्ट्रवाद र देशभक्ति आफै नराम्रा भावनाहरु हैनन तर यसलाई राम्रोसँग बुझ्न सकेनौं भने यसैको जगमा तनाशाहको जन्म हुन्छ। हिटलर र ओली दुबै गरिब जनताको ब्यानर बोकेर राजनीति सुरु गरे । विकास , रोजगारी र राष्ट्रवादको वाचा गरेर जननिर्वाचित भए अनि रास्ट्रवादको मुकुन्डो लगाएर आफ्नो एकल सत्तालाई निरंतरता दिनतिर लागे । हिटलरले त राष्ट्रवादको व्यापार यति गरे कि समाजवादी ब्यानर हटाएर नाजी ब्यानर बोके । हिटलर सङ्ग त कम से कम जर्मन सैनिक बनेर सिमा रक्षाको लागि लडेको लिगेसी थियो र 12 बर्षसम्म एकल हुकुम चलाए । महाकाली बेचेको लिगेसी ले ओली कति वर्ष टिक्लान। नक्सा जारी गर्दा पनि अन्तिममा मात्र ओली सहमत भएको भन्ने कुरा सत्तापक्ष बाटै आयो । फेरि उनी आफैले शैक्षिक पाठ्यक्रममा नक्सा राख्न बाट रोकिदिए । निर्वाचन हुदैन । भएपनी काङ्ग्रेसले जित्छ । काङ्ग्रेस ओलीलाई प्रधानमन्त्री बनाउदैन किनकि अबको निर्वाचनपछि काङ्ग्रेस गठबन्धन सरकार बनाउनुपर्ने अवस्थामा हुनेछैन । ओली शक्ति र सत्तामा रहिरहन चाहने व्यक्ति हुन। उनको एकमात्र विकल्प भनेको सङ्घीयता र गणतन्त्र खारेज गर्दै बयलगाडा तन्त्रमा मुलुकलाई लैजानु हो । यसो गर्दा ओली आफ्नो भजन मन्डलीलाइ निरन्तरता दिन सफल हुनेछन । देउवाले काङ्ग्रेसको थोरै बचेको ससदिय व्यवस्थाको रक्षक भन्ने जुन लाज ढाक्ने वस्त्र छ, त्यो पनि फुकालिदिन्छन । काङ्ग्रेस जनले नबुझे तानाशाहको आगमन निश्चित छ।

हुप्सेकोट०२ कोलिया ( हाल दक्षिण कोरिया)

 

 

 

प्रकाशित : २०७७ पुष १९ गते १४:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI