इन्टरनेशनल स्कूल अवार्ड परियोजनाले शिक्षकमा थपेको उर्जा

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १९ गते १९:३४
इन्टरनेशनल स्कूल अवार्ड परियोजनाले शिक्षकमा थपेको उर्जा

लक्ष्मीप्रसाद पंगेनी-

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउंदै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्य स्वरूप कावासोती नगरपालिका र ब्रिटिश काउन्सिलको संयुक्त सहकार्यमा कावासोती नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुमा अहिले “कनेक्टिंग क्लासरुम्स” अन्तर्गतको परियोजना संचालन भैरहेको छ । यो परियोजनामा कावासोती नगरपालिकाभिक्र रहेका ५० वटै सामुदायिक विद्यालयहरुले निकै सत्रियतापूर्वक सहभागी जनाइरहेको कावासोती नगरपालिका का स्रोत शिक्षक तिर्थराज कंडेलले जानकारी दिनुभएको छ । इन्टरनेशनल स्कूल अवार्ड परियोजनाको लागि हरेक विद्यालयले तोकिएको ढाँचा र समयमा व्रिटिश काउन्सिल नेपालमा प्रस्तावना पेश गर्नु पर्ने प्रावधान भए पनि कावासोती नगरपालिकाले ब्रिटिश काउन्सिल, नेपालसंग सम्झौता (एमओयु) गरेपछि कावासोती नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरु उक्त परियोजनाका लागि स्वत योग्य भएका हुन् । यो परियोजना कावासोती नगरपालिकाभित्र अबको ३ वर्षसम्म संचालन हुनेछ । यसको लागि ब्रिटिश काउन्सिल नेपालले प्रधानाध्यापकहरुलाई दुई चरणको नेतृत्व विकास तालिम दिइसकेको छ भने छनोटमा परेका शिक्षकहरुलाई पहिलो चरणमा तीन दिनसम्म “शिक्षकहरुका लागि मुलभूत सिपको परिचय” नामक तालिम दिइएको थियो भने दोश्रो चरणमा “सिर्जना र कल्पनाशीलता” शिर्षकमा शिक्षकहरुलाई तालिम दिएको थियो । यी दुई चरणको तालिम पश्चात सन् २०२१को इन्टरनेशनल स्कूल अवार्डको लागि आभिमुखीकरण तालिम लिएर सबै सामुदायिक विद्यालयहरुले ७ ओटा अनिवार्यसहित कम्तिमा १० वटा एक्सन प्लानको परियोजना कार्यहरु निर्माण गरी व्रिटिश काउन्सिल नेपालमा स्वीकृतिको लागि पठाइसकिएको अवस्था छ । ती परियोजना कार्यहरु स्वीकृत भए पश्चात कार्यान्वयनमा जानेछन् । यसका साथ साथै ब्रिटिश काउन्सिल, नेपालका सहजकर्ताहरुले शिक्षकहरुलाई हप्तामा एउटा पर्ने गरी शिक्षण क्रियाकलापसंग सम्बन्धित विभिन्न कार्यहरु गर्न दिईरहेका छन् भने विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्न स्थानीय एक एफएम रेडियोबाट पनि “म सिक्दै छु” नामक रेडियो कार्यक्रम प्रसारण भैरहेको छ । रेडियो कार्यक्रमलाई प्रभावकारी बनाउन सहभागी शिक्षकहरु मध्ये अंग्रेजी, गणित र विज्ञानका शिक्षकहरुलाई ३०–३० जना विद्यार्थीहरु जिम्मा दिएर विद्यार्थीहरुले रेडियो सुने नसुनेको तथा दिइएको कार्य गरे नगरेको अनुगमन गर्न लगाइएको छ । व्रिटिश काउन्सिल, नेपालले परियोजना अवधिभर शिक्षा सम्वन्धी विविध कार्यक्रमहरु संचालन गर्ने भएता पनि यस आलेखमा विशेषगरी अन्तराष्ट्रिय स्कूल अवार्डको महत्व र यसले विद्यालयमा पार्ने सकारात्मक प्रभावको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

 

इन्टरनेशनल स्कूल अवार्ड भनेको के हो?

इन्टरनेशनल स्कूल अवार्ड अवार्ड एक विश्वव्यापी मान्यता योजना हो जसले विद्यालयहरूमा अन्तर्राष्ट्रिय आयामहरूलाई सामेल गर्ने असल अभ्यासको पहिचान गर्दछ ।
अवार्डको यस मान्यता प्रक्रियामा पहिलो चरणमा कार्ययोजना बनाइन्छ र त्यसपछि प्रमाणहरुको क्रमशः संग्रह र मूल्याङ्कन पेश गर्ने चरण रहन्छन् । यो पूरा गर्न झण्डै १२ महिना लाग्दछ । अवार्डको लागि मान्य हुन सफल विद्यालयहरूलाइ तीन वर्षसम्मको लागि मान्यता प्रदान गरिन्छ । इन्टरनेशनल स्कूल अवार्डले अन्तर्राष्ट्रियरुपमा विद्यालय सहकार्यलाई स्वीकार गर्छ र विद्यालयहरूको पहिचानको लागि एक ढाँचा प्रदान गर्छ जसलेः
दीर्घकालीन सम्बन्धको निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय कार्य र साझेदारहरूसँगको सहकार्यलाई अघि बढाउन सहयोग गर्छ ।उत्कृष्ट अभ्यासको आधारलाई निर्धारण गर्छ र शिक्षण तथा सिकाइमा पेशागत विकासका कुराहरू साझा गर्छ ।

बालबालिकाहरूलाई विश्व अर्थतन्त्र र र विश्व नागरिक दुवैमा संलग्न गराउँछ । जीवन र कार्यको लागि उनीहरुको सीप विकास गर्छ ।  विद्यालयको सुधारमा योगदान गर्ने सम्पूर्ण विद्यालय परियोजनाहरूहरूलाई सहयोग गर्छ । (इन्टरनेशनल स्कूल अवार्ड मार्गदर्शन पुस्तिका, पेज ४)

 

इन्टरनेशनल स्कूल अवार्डको फाइदा

इन्टरनेशनल स्कूल अवार्डले अन्तर्राष्ट्रिय क्रियाकलापहरूहरूको विकास गर्न विद्यालयहरूको लागि एक ढाँचा प्रदान गर्दछ । विद्यालयहरुले विदेशी विद्यालयहरुसंग सम्बन्ध स्थापना गर्दै उनीहरुको शैक्षिक, सामाजिक, सांस्कृतिक पक्षको जानकारी प्राप्त गर्दछन । इन्टरनेशनल स्कूल अवार्ड मार्गदर्शन पुस्तिकामा उल्लेख भए अनुसार अवार्डको प्रमुख फाइदाहरू निम्न छन्

 

१.अन्तर्राष्ट्रियताको बलियो आधार विकास गर्न सहयोग

  • इन्टरनेशनल स्कूल अवार्डले विद्यालयहरूलाई देहायका कुरामा सहयोग गर्छः
    सम्पूर्ण विद्यालयमा अन्तर्राष्ट्रिय विशेषता समावेश गर्न ।
  • विद्यालयभित्रका बहुसंख्यक विद्यार्थीमा अन्तर्राष्ट्रिय कार्यको सकरात्मक प्रभाव र सहभागिता बढाउन ।
    कम्तीमा एउटा साझेदार विद्यालयसँग सहकार्यमूलक पाठ्यक्रममा रहेर कार्य गर्न ।
  • विभिन्न विषयहरूमा पाठ्यक्रममा आधारित रहेर कार्य गर्न ।
  • वर्षभरि अन्तर्राष्ट्रिय महत्वका क्रियाकलाप क्रियाकलाप गर्न गराउन ।
  • वृहत समुदायको संलग्नता गराउन ।
  • विभिन्न स्रोतबाट मूल्याङ्कन गर्न, जसले तपाईको क्रियाकलाप र अन्तर्राष्ट्रिय कार्यक्रममा सुधार गर्न सहयोग गर्छ ।

२. विद्यालयभरी अन्तर्राष्ट्रियताको पहिचान इन्टरनेशनल स्कूल अवार्डको लागि कार्य गर्ने प्रक्रियाले तपाईको विद्यालयभित्र सबै अन्तर्राष्ट्रिय सम्पर्कहरू र क्रियाकलापहरू एकसाथ आकर्षित गर्न मद्दत गर्दछ । यसले विद्यालयहरू लाई अन्तर्राष्ट्रिय कार्यको नयाँ अवसर र उनीहरूको क्रियाकलाप अभिलेख गर्ने उपयोगी ढाँचा पनि प्रदान गर्छ । तपाईको अन्तर्राष्ट्रिय क्रियाकलापको लक्ष्य निर्धारण गर्न र प्रतिफलको विश्लेषण यसले तपाईलाई मद्दत गर्नेछ । इन्टरनेशनल स्कूल अवार्डले पाठ्क्रमका सबै विषयहरूमा र सबै उमेर समूहमा अन्तर्राष्ट्रियता समावेश गर्ने लक्ष्य राख्छ, जसले विद्यालयको सम्पूर्ण पाठ्यक्रमलाई समृद्ध बनाउँछ ।

३. विश्वव्यापी सचेतना वृद्धि

शिक्षक तथा विद्यार्थीहरूको विश्वव्यापी सचेतना बढाउनका लागि सबभन्दा राम्रो तरिका अन्य अन्य देशहरूमा रहेका समकक्षीसँगको सहकार्य विकासमा उनीहरुलाई मद्दत गर्नु हो । यो भन्दा अर्को राम्रो तरिका कुनै छैन । अनुभव, पृष्ठभूमि, संस्कृति, विचार, विचार, धारणा र अन्य सबै कुरा विद्यालय सम्पर्कबाट सोझै आदानप्रदान गर्नाले शिक्षक तथा विद्यार्थीहरूको ज्ञानको क्षेत्र विस्तार गर्न मद्दत गर्छ र उनीहरूको अन्तरसंस्कृति संवाद तथा बुझाइलाई बढाउँछ ।

 

अन्तर्राष्ट्रिय मान्यता

इन्टरनेशनल स्कूल अवार्ड एक मान्यता योजना हो । यो प्रतिस्पर्धाको प्रक्रिया हैन । अन्तर्राष्ट्रिय स्कूल अवार्ड कतिवटा विद्यालयलाई प्रदान गर्ने वा गर्न सकिने भन्ने कुराको कुनै सीमा छैन । अन्तर्राष्ट्रिय महत्वका कार्य वा गतिविधिको एक निश्चित स्तरमा पुगेका कुनै पनि विद्यालयलाई इन्टरनेशनल स्कूल अवार्ड प्रदान गर्न सकिन्छ । इन्टरनेशनल स्कूल अवार्डको मान्यता प्राप्त विद्यालयहरूलाई उनीहरूको उच्च गुणस्तरीय अन्तर्राष्ट्रिय सम्पर्क तथा क्रियाकलापहरूको लागि लागि च्याम्पियन दूतको रुपमा स्वीकार गरिन्छ ।

 

पहिचान

जब कुनै विद्यालयले सफलतापूर्कक इन्टरनेशनल स्कूल अवार्डको मान्यता पाउँछ, यसले शिक्षक तथा विद्यार्थीमा उपलब्धिको दरिलो भावना उत्पन्न गर्छ । यसले उत्कृष्ट सार्वजनिक सम्बन्धका अवसरहरू र समाचारका माध्यमबाट चिनिने मौका पनि प्रदान गर्छ ।

निष्कर्ष

इन्टरनेसनल स्कूल अवार्ड परियोजना संचालन भएपछि अहिले सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुमा एक किसिमको सक्रियता बढेको छ । हरेक विद्यालयका इन्टरनेसनल स्कूल अवार्ड संयोजकहरुले एक्सन प्लानको परियोजना लगायत आवश्यक कागजपत्रहरु ब्रिटिश काउन्सिल नेपालमा पेश गरिसकेका छन् भने अन्य सहभागी शिक्षक पनि सहजकर्ताहरुले दिएको कार्य गर्नमा व्यस्त छन । यो परियोजनाले विद्यालय र शिक्षकहरुलाई सूचना प्रविधिमा अनिवार्य अभ्यस्त गराइदिएको छ भने आफुले गरेका कार्यहरुको प्रमाण संकलन गर्नु पर्दो रहेछ भन्ने चेतना प्रभाह गरिदिएको छ । सूचना प्रविधिमा कम्जोर भएका केही विद्यालय तथा शिक्षकहरुलाई यसले अलिअलि असजिलो बनाए पनि समग्ररुपमा यस परियोजनाकले विद्यालय र शिक्षकहरुमा प्रविधिको प्रयोग गर्दै कार्य गर्न उर्जा थपिदिएको छ । समग्ररुपम भन्नुपर्दा ब्रिटिश काउन्सिल र कावासोती नगरपालिकाले संयुक्तरुपमा संचालन गरेको यो परियोजनाले केही महिनाको अन्तरालमा सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापमा आमुल परिवर्तन आउने छ भने शैक्षिक गुणस्तर पनि स्पष्ट अनुभुत हुनेगरी परिवर्तन आउने निश्चित छ ।

(लेखक जनकल्यााण मा.वि, कावासोती १ का शिक्षक तथा आइ.एस.ए. संयोजक हुन् ।)

 

प्रकाशित : २०७७ पुष १९ गते १९:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI