चितवनमा एकैसाथ विभाजित नेकपाका दुवै समूहले कार्यकर्ता भेला गर्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २० गते ७:३८
चितवनमा एकैसाथ विभाजित नेकपाका दुवै समूहले कार्यकर्ता भेला गर्दै

चितवन, २० पुस । प्रचण्डकाे गृह जिल्ला चितवनमा विभाजित नेकपाकाे दुई समूहले छुट्टाछुट्टै कार्यकर्ता भेला गर्दैछन् । चितवनमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड-नेपाल समूहले कार्यकर्ता भेला डाकेको हो । दुवै समूहले एउटै समयमा भेला आयोजना गरे पनि स्थान भने फरक छ ।

 

ओली समूहले भरतपुर १२ स्थित स्मार्ट बैङ्क्वेट एण्ड रिसोर्ट गोन्द्राङमा भेला आयोजना गरेको छ । जहाँ गृहमन्त्री समेत रहेका ओली समूहका नेता रामबहादुर थापा ‘बादल’, नेताहरु शंकर पोखरेल, महेश बस्नेत, आनन्द पोखरेल र काशीनाथ अधिकारी लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै प्रचण्ड-नेपाल समूहले साविक नेकपा माओवादी केन्द्रको पाटी कार्यालयमा कार्यकर्ता भेला गर्दैछ । जहाँ उक्त समूहका नेता भीम रावल, योगेश भट्टराई, रामकुमारी झांक्री, नारायण दाहाल र रेणु दाहालले सम्बोधन गर्ने तय भएको छ । चितवन प्रचण्डको गृह जिल्ला भएकाले दुवै समूहले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । दुबै समूहले बढी भन्दा बढी कार्यकर्ता उतार्न पूर्व तयारीसमेत गरेका थिए ।

प्रकाशित : २०७७ पुष २० गते ७:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI