No ads found for this position

अवैधरुपमा खोला उत्खनन गरी चोरी निकासी गरिरहेका १९ ट्र्याक्टर प्रहरी नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २१ गते १३:२६
No ads found for this position
अवैधरुपमा खोला उत्खनन गरी चोरी निकासी गरिरहेका १९ ट्र्याक्टर प्रहरी नियन्त्रणमा
No ads found for this position

कावासोती । अवैध रुपमा खोला उत्खनन गरेर खोलाजन्य पदार्थ निकासी गरिरहेको अवस्थामा पुर्वी नवलपरासी प्रहरीले १९ वटा ट्र्याक्टर नियन्त्रण लिएको छ ।

ईलाका प्रहरी कार्यालय दुम्किबासको संयुक्त प्रहरी टोलीले विनयी त्रिवेणी गाउपालिका वडा नं. २ बिनयी खोला बाट १२ वटा र प्रहरी चौकी तम्सरीया, प्रहरी चौकी हुप्सेकोट र अस्थाई प्रहरी पोष्ट डण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले हुप्सेकोट गाउपालिका-१ बेल्हुवा र कावासोती न.पा. १६ स्थित रहेको पत्थर खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गर्दै गरेको अवस्थामा ७ वटा गरी जम्मा १९ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनु भयो ।

खाँणका अनुसार लु ४ त १०३६ , लु २ त ७७२० , लु ४ त ४१६२ , लु २ त ४५५० , लु ४ त ८६६ , लु ४ त १०८४ , ना ७ त ६०८४ , प्र २ -०३-००१ त ६६३ , ना ४ त ९८९५ , ना ५ त ६००५ , ना ६ त २०५ , ना ५ त ४०३ , ना ६ त ६०२० , अनटेस्ट १ वटा र नंम्बर नखुलेको ५ वटा गरी जम्मा १९ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका ट्रयाक्टरहरुलाई आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ पुष २१ गते १३:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI