No ads found for this position

नेविसंघका सदस्य कृष्ण सुवेदीको स्मृतिमा लक्ष्मी नारायण वृद्ध आश्रममा सहयोग हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २८ गते १९:०८
No ads found for this position
नेविसंघका सदस्य कृष्ण सुवेदीको स्मृतिमा लक्ष्मी नारायण वृद्ध आश्रममा सहयोग हस्तान्तरण
No ads found for this position

कावासोती । नेविसंघका सदस्य कृष्ण सुवेदीको स्मृतिमा नेविसंघ नवलपुर द्वारा कावासोती नगरपालिका पिठौली स्थित लक्ष्मीनारायण वृद्ध आश्रममा न्यानो कपडा , खाद्यान्न, नगद, आश्रममा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

नेविसंघका नवलपुरका नेता हरि सुवेदीको सहयोगमा नेविसंघ नवलपुरले मंगलबार कावासोती-१२ पिठौली स्थित लक्ष्मीनारायण वृद्ध आश्रममा कार्यक्रम गरि सामाग्री हस्तान्तरण गरेको हो । नेपाली काङ्ग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे , नेविसंघ जिल्ला सभापति राजेश पौडेल , नेविसंघ पुर्व केन्द्रिय सदस्यहरु गणेश सापकोटा , आर सि भट्टराई , नेविसंघ जिल्ला उपाध्यक्ष लक्ष्मण रिजाल , जिल्ला सचीवहरु सुशील काफ्ले, लेखनाथ दवाडी , नेविसंघ जिल्ला कार्यसमिति सदस्यहरु, नेविसंघका पालिका समन्वय समितिका सभापति लगाएत पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहयोग गरेका नेविसंघ नवलपुरका नेता हरि सुवेदीले आफ्ना भाइ कृष्णको सम्झनामा हरेक वर्ष पुण्य तिथीको दिनमा सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थालाई सहयोग गर्ने पनि बताएका छ्न ।

नेविसंघका सदस्य कृष्ण सुवेदीले गत २०७३ पौष २८ गतेका दिपकराज गिरीको चलचित्र छक्का पन्जाको निर्माण र प्रसारण गर्ने पक्षले पाईरेसीको आरोप लगाएर धम्की दिएको र मानसिक टर्चर दिएको भन्दै सुसाईड नोट लेखेर आत्महत्या गरेका थिए ।

कृष्ण सुवेदीको मृत्यु प्रकरणको मुद्दा राष्ट्रिय मानवाधिकार आयोगमा पुगे पनि हाल सम्म पीडित परिवारले न्याय पाउन सकेका छैनन ।

प्रकाशित : २०७७ पुष २८ गते १९:०८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI