विश्वका उत्कृष्ट पाँच प्लस साइज सुन्दरी, जसको अगाडि फिल्मकी हिरोइन् पनि फिक्का देखिन्छन्

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १ गते २२:३५
विश्वका उत्कृष्ट पाँच प्लस साइज सुन्दरी, जसको अगाडि फिल्मकी हिरोइन् पनि फिक्का देखिन्छन्

एजेन्सी । फेशन शो भन्नेबित्तिकै चट्ट जीउडाल मिलेका र एकदम स्लीम सुन्दरीहरुको प्रतियोगिता भनेर बुझिन्थ्यो । तर, अब विस्तारै अन्य महिलाहरु पनि जोडिँदै आएका छन् ।

फेशन ब्राण्डले निश्चित रुपमा मोटो साइजका युवती तथा महिलाहरुलाई पनि समावेश गर्न थालेको छ । हामीले कहिलेकाँही क्वाटवाकमा मोटी मोडलहरुलाई पनि देखिरहेका हुन्छौं ।

यसले कोही पनि शरीरकै कारण कुनै पनि अवसरबाट वञ्चित हुनु नपरोश भन्ने सन्देश दिन्छ । आज हामी यस्तै प्लस साइजका मोडलबारे जानकारी दिँदैछौं ।

जो साच्चीकै स्लीम साइजका सुन्दरीभन्दा कैयौं गुणा आकर्षक र मनमोहक छन् ।

१‍. टेस होलिडे 

आफ्नो शरीरको आकारकै कारण कुनैबेला घृणाको शिकार हुने अहिले फेशन शोबाटै चर्चित बनेकी छन् । फेशनको दुनियाँमा उनको लक्ष्यलाई न शरीरको साइजले रोक्यो, न समाजको घृणाले नै ।

उनी आफूलाई निकै मायाँ गर्छिन् । अहिले संसारकै प्लस साइज मोडलमध्ये उत्कृष्ट हुने टेस । उनी भन्छिन्, ‘हामीले यो उद्योगमा काम गर्न निकै आवश्यक छ । व्यक्तिहरुले हाम्रो शरीरको साइजलाई हेरेर मूल्यांकन गर्दछन् । तर, हामी पनि अरुभन्दा कम छनौं ।’

हरेक आकार सुन्दर छ भन्ने सन्देश दिनका लागि पनि आफूहरुले फेशनको दुनियाँमा काम गर्न आवश्यक रहेको टेस बताउँछिन् ।

२. पालोमा एल्सेसर

​यी २२ वर्षीया भहिला आफ्नो भव्य शरीरका कारण चर्चित छन् । शरीर भारी भए पनि उनको सुन्दरताले सबै मोहित हुन्छन् ।

उनी अमेरिकाका कैयौं पत्रिकाको फ्रन्ट पृष्टमा पनि छाइसकेकी छन् । उनले आफ्नो लागि यो निकै संघर्षपूर्ण सफर रहेको बताएकी छन् ।

३. एश्ले ग्राहम 

एश्ले संसारकै सबैभन्दा प्सल साइजकी मोडलमध्ये एक हुन् । उनी कैयौं कम्पनीका ब्राण्ड एमबेस्टर पनि बनिसकेकी छन् ।

उनले काई गेर्बर र काइली जेनरजस्ता मोडलको साथमा पनि काम गरिसकेकी छन् ।

विभिन्न स्पोर्टस इलस्ट्रेटेडसँगै कैयौं प्रशिद्ध म्यागेजिनको कभरमा पनि स्थान पाइसकेकी छन् । उनले हरेक वस्तुको आकारको आ आफ्नै सुन्दरता हुने बताइन् ।

तर, त्यसलाई हेर्ने नजर सुन्दर हुनुपर्ने उनको भनाइ छ ।


४.बार्बी फेरेरा

बार्बी फेरेरा २२ वर्षीय एक सुपर प्लस साइज मोडल हुन् । उनले केही उत्कृष्ट म्यागेजिनका साथ काम पनि गरेकी छन् ।

सामाजिक सञ्जालमा नियमित पोस्ट हुने उनको कामुक तस्वीरले इन्टरनेटमा तहल्का मच्चाउने गरेको छ । उनी हलिउड फिल्म इन्डस्ट्रीमा पनि आवद्ध छिन् ।

५. तारा लिन

तारा लीन विश्वकै सबैभन्दा महँगी मोडलहरुमध्येकी एक हुन् । उनको शरीर भारीभरकम भए पनि उनको सुन्दरताले सबैलाई मोहित बनाउँछन् ।

विभिन्न कडाका ब्राण्डका लागि फोटोसुट गर्ने तारा लीन एक चर्चित प्लस साइज मोडल हुन् । उनको शरीर मोटो मात्रै होइन उचाइका कारण अझै सुन्दर देखिन्छ । लाखौं प्रशंसक छन् ।

प्रकाशित : २०७७ माघ १ गते २२:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI