No ads found for this position

एकै क्लिकमा देशभरको माटोको जानकारी

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २ गते ७:२१
No ads found for this position
एकै क्लिकमा देशभरको माटोको जानकारी
Abstract digital map of nepal with particles dots and line. polygonal network business. Wireframe landscape background. Big Data. 3d futuristic. Global network connection.
No ads found for this position

काठमाडौँ, २ माघ  । अब देशका जुनसुुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुुग्ने भएको छ । त्यसका लागि कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले देशैभरको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने भएको छ ।

देशैभरको जुनसुकै कुनाको माटोबारे जानकारी लिन विद्युतीय नक्साङ्कन तयार भइरहेको र कसैलाई कुनै ठाउँको माटोको गुणस्तरबारे जानाकारी लिनुुछ भने एक क्लिक गरे पुुग्ने कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिनुुभयो । यो विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारे जानकारी पाउन सकिने गरी नक्साङ्कन भइरहेको उहाँले बताउनुुभयो । हालसम्म ५७ वटा जिल्लाबाट २३ हजार नमुना सङ्कलन गरेर त्यसको विश्लेषण भइसकेको र अरू जिल्लाको पनि सङ्कलन गर्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

माटो परीक्षण स्याटेलाइटमार्फत भइरहेको अन्तर्राष्ट्रिय मल विकास केन्द्रका माटो वैज्ञानिक डा. यम गैरेले बताउनुुभयो । विभिन्न ठाउँबाट २३ हजार नमुना सङ्कलन भएको र त्यसको आधारमा अन्य ठाउँको माटोलाई स्याटेलाइटमार्फत माटो परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । यो माटोसम्बन्धी विद्युतीय नक्साङ्कन लागि सार्क मुलुकमै नेपाल नै पहिलो देश हुने उहाँले बताउनुभयो । सार्कको सबभन्दा ठूलो देश भारतमा समेत यस्तो नक्सा छैन । यो नक्सा कार्यान्वयनमा आएपछि नेपाल नै पहिलो हुनेछ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७७ माघ २ गते ७:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI