विप्लब नेतृत्वको नेकपाद्वारा माघ १० गते नेपाल बन्दको घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २ गते १०:३६
विप्लब नेतृत्वको नेकपाद्वारा माघ १० गते नेपाल बन्दको घोषणा

चितवन : नेत्र बिक्रम चन्द (विप्लब) ले नेतृत्व गरेको नेकपाका केन्द्रिय समिति सचिवालय सदस्य एवं पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाइ पक्राउ गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ । बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै माघ १० गते ‘नेपाल बन्द’ सहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । विप्लब नेतृत्वको नेकपाले आफ्ना पार्टीका नेतालाई सरकारले काममा खटिएको बेला पक्राउ गरेको बताएको छ। नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ संगै अन्य २ जना विवेक र विशाललाई प्रहरीले पक्राउ गरेको जारी विज्ञप्तिमा जनाइएको छ।
माघ ३ गते देशव्यापी विरोध जुलुस, ५ गते देशव्यापी विरोध सभा, ७ गते देशव्यापी विरोध प्रदर्शन, ९ गते मशाल जुलुश र १० गते नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरिएको छ ।

 

प्रकाशित : २०७७ माघ २ गते १०:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI