कविता : मैले किन लेख्ने ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ३ गते १०:५२
कविता : मैले किन लेख्ने ?

सालिकराम कोइराला

मैले किन लेख्ने ?
जुन ब्यबस्थाले मलाई गुलाम बन्न सिकायाे, त्यही ब्यबस्थाकाे समर्थनमा
मैले किन लेख्ने ?

 

मेराे याेग्यता,क्षमता,जवानी र जीवन लिलाम गर्ने याे व्यवस्थाकाे बचाउ गर्न मैले किन लेख्ने ?

 

एक हुल लक्कडभग्गा मेराे स्वाभिमानकाे हुर्मत लिन
रात दिन छेक्कर काटेर मलाई ढुकी रहेछन्, तिनका आसेपासेकाे जमातमा निरीह छ मेराे सामर्थ्य,
जसले मलाई जीउँदै मराएकाे छ, जीन्दगीबाट हराएकाे छ
उसैकाे समर्थन गर्न
मैले किन लेख्ने ?

 

मेराे पुरै जीवन सुण्ड मुण्डलाई समर्पित गर्दा गर्दै,
म हरिकंगाल भएकाे छु,
पुरै रित्तिएकाे छु,
तीन महिनाकाे बेहुली
र दिन रात याैन शाेषणमा परेकी युवती जस्तै रक्त अल्पताले ग्रसित भएकाे छु,
उनै बेइमानकाे बचाउ गर्न
मैले किन लेख्ने ?

 

व्यक्ति जाओस्,
व्यवस्था जाओस्,
मलाई केही स्वाद छैन,
यसले मलाई के नै दियाे र ?
फगत पीडा र बेदना बाहेक !
लाखौं युवालाई गुलाम बनाउने दिशाहिन,बेरोजगार र स्वार्थकाे पुतली बनाउने, तिम्राे ब्यबस्था राख या फाल
यसलाई जाेगाउन
मैले किन कलम चलाउने ?

 

(कवि विगत २ दशक देखि पुर्वी नवलपरासीको कावासोतीमा रहेर पत्रकारिता गर्दै आईरहेका छ्न ।)

प्रकाशित : २०७७ माघ ३ गते १०:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI