No ads found for this position

मुक्तिनाथ भजन किर्तन समूहको अध्यक्षमा हरिसचन्द्र पराजुली

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ३ गते २१:०८
No ads found for this position
मुक्तिनाथ भजन किर्तन समूहको अध्यक्षमा हरिसचन्द्र पराजुली
No ads found for this position

अजय पौडेल/गैंडाकोट । मुक्तिनाथ भजन किर्तन समूह लक्ष्मिनारायण मुक्तिनाथ मन्दिरको बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा हरिसचन्द्र पराजुली चयन हुनुभएको निर्वाचन समिती संयोजक मेघनाथ तिवारीले जानकारी दिनुभयो ।

कार्यसमितिको उपाध्यक्षमा सितादेवी अधिकारी र शान्ति देवि न्यौपाने,सचीवमा बासुदेब आचार्य,कोषाध्यक्षमा नरेन्द्र सापकोटा,सह सचीवमा बिष्णु अधिकारी तथा सह कोषाध्यक्षमा राधादेवी शर्मा सर्बसम्मत चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा कमला आचार्य,सरस्वती आचार्य,सावित्री अधिकारी,सीता आचार्य तथा किरण तिवारी चयन हुनुभएको निर्वाचन समिती संयोजक तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै लेखा समिती संयोजकमा गोबिन्द आचार्य ,गणेश अधिकारी तथा डिला चालिसे चयन हुनुभएको छ । भजन मन्डली संयोजकमा शिव प्रसाद आचार्य ,अक्षय कोष संयोजकमा टिकानिधि अधिकारी,मेघनाथ तिवारी तथा बिष्णु कंडेल चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथी युवा पन्डित चेतराज कंडेल रहनुभएको थियो । निर्वाचन समिती संयोजकमा मेघनाथ तिवारी सदस्य सचिब कृष्ण प्रसाद तिवारी र सदस्य हरि प्रसाद आचार्य रहनुभएको थियो ।

प्रकाशित : २०७७ माघ ३ गते २१:०८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI