‘ब्रेकअप’पछि सफल बनेका ६ बलिउड नायिका

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ५ गते २२:३४
‘ब्रेकअप’पछि सफल बनेका ६ बलिउड नायिका

बलिउडमा थुप्रै फिल्म सम्बन्ध विच्छेदपछि जिन्दगी बर्वाद बनेको कथामा आधारित छन्। उनीहरूको विछोडको पीडालाई कथामा निकै मार्मिक रूपमा प्रस्तुत गरेका हुन्छन्।

हाम्रै वरपर पनि सम्बन्ध विच्छेदपछिको निरस जीवन विताइरहेका थुप्रै मानिस देख्न सक्छौं। तर, केही मानिसले सम्बन्ध टुटिसकेपछि झनै प्रगति गरेका कैयौ उदाहरण पनि हाम्रै ओरिपरि देख्न सकिन्छ।

कलाकारिता क्षेत्रमा त झनै दुप्रै जोडिको सम्बन्ध धेरै लामो समय सम्ब टिक्न सक्दैन। केही समय रिलेसनमा रहेर सम्बन्ध टुटेका थुप्रै जोडिछन्। बलिउड पनि यसबाट अछुतो रहने कुनै भएन। अरीना कपुरदेखि ऐश्वर्या रायसम्म कुनै बेला कसैसँग प्रेम सम्बन्धमा थिए। तर, पछि उनीहरूले अर्कैसँग बिहे गरे।

करीना कपुर

करीना कपुरको शाहिद कपुरसँग ब्रेकअप किन भयो। यसको कारण आजसम्म पनि खुलेको छैन। सम्बन्ध टुट्दा जोकोहीको जीवनमा असर पर्छ। यसको असर उनीहरूको जीवनमा पनि परेको थियो।

तर, करीनाले यी सबै कुरालाई फूलेर सफलताका लागि निकै संघर्ष गरिन्। र, उनी बलिउडमा स्थापित हुन सफल भइन्।

दीपिका पादुकोण

दीपिका पादुकोणलाई उनको प्रेमले धोका दिइरहेको छ भन्ने थाहा भयो। उनले सुध्रिनका लागि एक मौका पनि दिइन्। तर, उनका ब्वाइफ्रेन्डले उनलाई चिट गर्न छोडेन। जसले गर्दा दीपिकाको मन निकै दुखी हुनपुग्यो। र, उनी डिप्रेसनमा गइन्। उनले त्यो समयमा परीवारका साथै कान्सलरको सहयोग लिएकी थिइन्।

पछि उनले जीवनलाई युटर्न दिइन्। ब्रेकअपको केही समयपछि उनले धमाकेदार फिल्म दिइन्। जसले गर्दा उनका पूर्व प्रेमी उनको सफलताभन्दा निकै पछि परेका थिए।

अक्सर मानिस ब्रेकअपपछि डिप्रेशनमा जाने गर्छन्। यसलाई लुकाउनुभन्दा खुलेर कुरा गर्नुपर्छ। साथिभाइ तथा परीवारले यस्तो बेला डिप्रेशनबाट छुट्कारा पाउन सहयोग गर्नेगर्छन्।

आलिया भट्ट

आलिया भट्ट र सिद्धार्थ मल्होत्रा रिलेशनशिपमा थिए। तर, यिनिहरूको सम्बन्धमा टक्राव आयो। सम्बन्ध बिच्छेत हुँदा आलिया निकै दुखी बनिन्।
अप्ठ्यारो परिस्थितिको सामना गर्न आलिया अभिनयमा दत्तचित्त भएर लागिन्। फिल्म ‘राजी’ बाट उनी दर्शकको नजरमा पिरन्। र, पछि उनले जीवनमा फर्केर हेर्नु परेन। पछि उनले एकपछि अर्को गर्दै सफल निर्देशकका फिल्म पाउन थालिन्।

ऐश्वर्या राय

ऐश्वर्या राय र सलमान खानबीचको सम्बन्ध पोजेटिभभन्दा पनि टेगेटिभ कारणले सधै चर्चामा रह्यो। यीनिहरूको सम्बन्धलाई तनावपूर्ण सम्बन्धको रुपमा अर्थ्याइन्थ्यो। यो जोडि एक अर्काका प्रत्यक कुरालाई कन्ट्रोल गर्न खोज्थ्यो। यसको असर अभिनयमासम्म पर्नथाल्यो। आखिरिमा यो जोडिको सम्बन्ध नाटकिय रूपमा अन्त्य भयो।

बिग्रदो सम्बन्धका कारण तनावमा रहेकी ऐश्वर्या फेरि कन्फिडेन्टका साथ पर्सनालिटी बनाएर फिल्मी दुनियामा फर्किइन्। र, उनले ‘धुम-२’ र ‘जोधा अकबर’ जस्ता सफल फिल्म दिएर नयाँ उचाई कायम गरिन्।

अनुष्का शर्मा

अनुष्का शर्मा रणवीर सिंहसँग रिलेशनशिपमा थिइन्। यीनिहरूको सम्बन्ध जसरी चाडै झागियो उसरी नै चाडै टुट्यो पनि। आर्मी परिवारकी अनुष्कालाई जीन्दगीमा प्रत्यक पलको सामना गर्न आउथ्यो। सम्बन्ध बिग्रिएपछि अनुष्का आफ्नो करिएरमा फोकस भइन्। र, पुराना दिन भुलेर करिएर बनाउन लागिन्। जसले गर्दा उनी आज एक्टर, प्रोड्युसरका साथै क्लोदिङ्ग ब्यान्डको मालिकको रूपमा स्थापित छिन्।

नोरा फतेही

नोरा फतेही जब बलिउडमा जमेकि थिइनन् उनको अंगद बेदीसँग सम्बन्ध हुन पुग्यो। उनीहरूको सम्बन्ध धेरै अगाडि बढ्न सकेन। सम्बन्ध बिग्रीदा नोराको मन निकै दुख्यो। जसले गर्दा उनले अप्ठ्यारो परिस्थितिको पनि सामना गर्नुपर्यो। आफ्नो देश छोडेर भारत आएकी उनले हार मानिनन्। सम्बन्ध बिग्रदाको पीडालाई अवसरमा परिणत गर्दै आफ्नै खाले संघर्ष गर्न थालिन्। जसले गर्दा नोरा आफ्नो पूर्व प्रेमीभन्दा सफलतामा निकै अगाडि पुगिन्।

प्रकाशित : २०७७ माघ ५ गते २२:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI