महामारी पुर्व तयारीका लागि दीर्घकालीन रणनिति बनाउन छलफल

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ६ गते १६:०२
महामारी पुर्व तयारीका लागि दीर्घकालीन  रणनिति बनाउन छलफल

पोखरा । चौधरी फाउण्डेशन सहितको साझेदारीमा स्वास्थ्य आपतकालिन महामारी पुर्वतयारी तथा प्रतिकृयाका लागि जनचेतनामुलक कार्यक्रम मंगलवार पोखरामा संचालन सम्पन्न भएको छ ।

नेपालमा कोभिड वा त्यस्तै महामारी रोग आइलागेमा नियन्त्रणकालागि भविष्यमा आइपर्ने जोखिम न्यूनिकरणकालागि स्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनुपर्ने आवश्यकता महसुश गर्दै आपतकालीन पुर्व स्वास्थ्य सचेतनाकालागि पोखराको डेण्डेलाइन होटलमा मंगलवार सरोकारवालाको अभिमुखिकार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धीका गर्नु पर्ने पुर्व तैयारीका लागि उक्त अभीमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।

स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरण र नेपाल जस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पुर्वाधार भएको मुलुकमा सम्भावित स्वास्थ्य क्षेत्रको जोखिम घटाउन आबस्यक पर्ने पुर्व तैयारीको सचेतना अभिमुखि कार्यक्र सम्पन्न भएको हो । महामारी रोग नियन्त्रणकालागि अपनाउन पर्ने पुर्व सचेतनाकालागि कास्की र गण्डकी प्रदेशका स्वास्थ्यकर्मी , सरकारी निकाय, सरोकरवाला ब्यक्ती संघसंस्थाहरुको सहभागितामा स्वास्थ्य क्षमता अभिबृद्धिकालागि कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमकालागि चौधरी फाउण्डशेन , नबिल बैंक र सरकारी निकायका बिज्ञहरुले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै चौधरी ग्रुपका एमडि निर्वाण चौधरीले नेपालमा माहामारी रोग नियन्त्रणलागि चोधरी फाउण्डेशनले सरकार र निजि क्षेक्रसंग हातेमालो गरेर स्वास्थ्य सचेतनाका कार्यत्रम गर्दै अँएको जानकारी दिए । कोरोना महामारीमा चौधरी फाउण्डेशनले सरकार स्वास्थ्य क्षेत्रका निकायलाई पिपिइ, मास्क , भेन्टिलेटर उपकरण उपलब्ध गराएर प्रदेशहरुलाई बलियो बनाएको स्मरण गरे । आगामी दिनमा पनि त्यस्ता माहामारी नियन्त्रणलकागि सिजी फाउण्डेशन लागि रहने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा सबै एकजुट भएर सामना गर्नुको बिकल्प नभएको बताए ।

महामारीका समयमा अपनाउन पर्ने दिर्घकालिन रणनिति तय गर्न सरोकारवालाको भेला राखेर बिज्ञहरुवाट अन्तरकृया गरिएको हो । महामारी स्वास्थ्य जटिलतालाई न्यूनिकरण गर्ने सरकारी र निनि क्षेत्रको प्रयासलाई एउटै छातामुनि राखेर दिर्घकालिन रणनिति तय गर्ने उद्धेश्यले ७ वटै प्रदेशमा कार्यक्रम आयोजना गरिएको चौधरी फाउण्डेशनकी प्रमुख मेरीना रन्जितकारले बताइन ।

स्वास्थ्य महामारी जोखिम न्यूनिकरण पुर्व तयारीका निम्ती जनस्वास्थ्य एवं मानविय सेवा क्षेक्रमा कार्यरत जनशत्तिको क्षमता अविबृद्धी गर्ने उदेश्यका साथ ऊक्त कार्यत्रम गरिएको हो ।
फाउण्डेशनले ७ वटै प्रदेशमा यस्तो अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली विपद पुर्वतयारी केन्द्र तथा एनडिआरसीको संयुक्त साझेदारीमा स्वास्थ्य आपतकालिन सम्बन्धि स्थानिय स्वास्थ्यकर्मी र मानव क्षेत्रमा कार्यरत संघ संस्थाको क्षमता अभिबृद्धि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

मंगलवार पोखरामा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मी र त्यस संग सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७७ माघ ६ गते १६:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI