रुकुम पश्चिममा कांग्रेस र नेकपाको प्रचण्ड–नेपाल समूहका कार्यकर्ताबीच झडप, वडाध्यक्ष घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ६ गते १६:५४
रुकुम पश्चिममा कांग्रेस र नेकपाको प्रचण्ड–नेपाल समूहका कार्यकर्ताबीच झडप, वडाध्यक्ष  घाइते

काठमाडौं । नेपाली कांग्रेस र नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षीय कार्यकर्ताहरुबीच रुकुम पश्चिममा झडप भएको छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ स्थित राडीबजारमा कांग्रेस र नेकपाका कार्यकर्ताबीच सोमबार साँझदेखि झगडा भएको हो । सोमवार राति झगडा साम्य भएपनि मंगलबार बिहानैदेखि पुनः झगडा चर्किएको छ । दुवै पक्षका कार्यकर्ताबीच पटक पटक झडप भइसकेको छ ।
झडपमा परी आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारक बहादुर शाही घाइते भएका छन् ।
झडपका कारण राडी बजार तनावग्रस्त भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरी हवाइ फायर गरेको छ । प्रहरीले नौ राउण्ड हवाइ फायर गर्दासमेत स्थिति नियन्त्रणमा आउन नसकेपछि थप सुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विवादको कारण भने खुल्न सकेको छैन । प्रहरीले पुरानै रिसइबीका कारण झगडा भएको हुन सक्ने अनुमान गरेको छ ।

प्रकाशित : २०७७ माघ ६ गते १६:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI