प्रधानमन्त्री कप : कर्णालीको पहिलो जित, गण्डकी ५ विकेटले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ६ गते १८:५९
प्रधानमन्त्री कप : कर्णालीको पहिलो जित, गण्डकी ५ विकेटले पराजित

काठमाडौं । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेश विजयी भएको छ । मंगलबार सम्पन्न खेलमा गण्डकी प्रदेशमाथि ५ विकेटको जित हासिल गरेको हो ।

२ सय ५ रनको लक्ष्य पाएको कर्णालीले ३६.५ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको थियो । कर्णालीको जितमा हिमान्शु शाहीले ६८ रनको योगदान दिए । यस्तै, विपिन रावलले ४९, राज शाहले ३२, हेमन्त ओलीले २९ रनको पारी खेले ।

यसअघि, मुलपानीस्थित मुलपानी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले ४२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो ।

खराव सुरुवात गरेको गण्डकीका राहुल उपाध्यायले सर्वाधिक ५३ रनको योगदान दिए । यस्तै, अर्जुन कुमालले ४६, विपिन खत्रीले ३२, विशाल पौडेलले १५ तथा दिपेश बुढामगरले १० रन जोडे ।

कर्णालीका दिनेश अधिकारीले अनुज चुनरा र दिवन पुनले समान २–२ विकेट लिए ।

पहिलो खेलमा गण्डकी त्रिभुवन आर्मीसँग ९८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा प्रदेश एकमाथि २ विकेटले विजयी भएको थियो । यस्तै, कर्णाली आर्मीसँग ८० रनले पराजित भएको थियो ।

प्रकाशित : २०७७ माघ ६ गते १८:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI