कोरोना संक्रमणले भरतपुर अस्पतालमा गैंडाकोटका ५५ वर्षीय पुरुषको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ६ गते १९:३४
कोरोना संक्रमणले भरतपुर अस्पतालमा गैंडाकोटका ५५ वर्षीय पुरुषको निधन

नवलपुर । पुर्वी नवलपरासीमा कोरोना संक्रमणको कारणले थप १ जनाको निधन भएको छ । जिल्लाको गैंडाकोट नगरपालिका वडा नं १३ बस्ने ५५ वर्षीय पुरुषको कोरोना संक्रमणले निधन भएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गत पौष २३ गते अस्पताल भर्ना भएका १३ बस्ने ५५ वर्षीय पुरुषमा पौष २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भरतपुर अस्पतालको कोभिड आईसियुमा उपचाररत पुरुषको मंगलबार साझ निधन भएको हो । यो सँगै पुर्वी नवलपरासीमा कोरोना संक्रमणको कारणले मृत्यु हुनेको संख्या ३२ पुगेको छ भने जिल्लामा हालसम्म ३१ जना सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसै गरि जिल्ला स्वास्थ्य कार्यालयले जनाए अनुसार जिल्लामा कोरोना संक्रमण हुने संख्या २४९७ पुगेको छ भने २४३५ जना संक्रमण मुक्त भएका छन।

प्रकाशित : २०७७ माघ ६ गते १९:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI