बुधवार देखि नवलपुरमा निशुल्क स्थायी बन्ध्याकरण शिविर

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ६ गते २१:०८
बुधवार देखि नवलपुरमा निशुल्क स्थायी बन्ध्याकरण शिविर

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) ले   बुधवार देखि जिल्लामा निशुल्क स्थायी बन्ध्याकरण शिविर चलाउने भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाका सवै स्थानीय तहहरुमा निशुल्क स्थायी बन्ध्याकरण हुने भएको हो । भाेलीदेखि  सुरु गरिने शिविर माघ २९ गते गैँडाकोटमा आएर सकिने छ । माघ २९ गते गैंडाकोटको प्रस्तावित गैंडाकोट, नगर अस्पताल पिजौजी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने भएको हो ।

सन्तानको रहर पुगेका महिला तथा पुरुषका लागि निशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाँईले जानकारी दिनुभयो ।उहाँका अनुसार आठवटै स्थानीय तहका १२ र जिल्ला अस्पतालका एक ठाउँमा गरी १३ स्थानमा शिविर सञ्चालन हुने छ ।माघ ७ गते देवचुलीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा, मध्यबिन्दु जिल्ला अस्पतालमा माघ ८, ९ र १० गते लगातार ३ दिन शिविर चल्नेछ । मध्यबिन्दु नगरपालिकाका ३ ठाउँमा एक–एक दिन शिविर सञ्चालन हुने भएको छ ।

जसअन्तर्गत नयाँ बेलहानी स्वास्थ्य चौकीमा १२ गते, चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा १३ गते र नवलपुर स्वास्थ्य चौकीमा १४ गतेलाई मिति र स्थान तोकिएको हो ।बिनयी त्रिबेणीमा त्रिबेणी सुस्ता स्वास्थ्य चौकीमा माघ १६ र दुम्किबास स्वास्थ्य चौकीमा माघ १८ गते शिविर चल्ने भएको छ ।हुप्सेकोट गाउँपालिकाको हुप्सेकोट स्वास्थ्य चौकीमा माघ २० र देउराली स्वास्थ्य चौकीमा २२ गते बन्ध्याकरण शिविर आयोजना गरिएको छ ।
बौदीकालीमा रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा माघ २४ गते र बुलिङटारको कोटथर स्वास्थ्य चौकीमा २५ तथा जौवारी स्वास्थ्य चौकीमा २७ गते शिविर चलाईने छ ।

प्रकाशित : २०७७ माघ ६ गते २१:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI