चितवनमा बस र ट्रक ठोकिदा एक जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ७ गते ६:५३
चितवनमा बस र ट्रक ठोकिदा एक जनाको ज्यान गयो

चितवनको राप्ती नगरपालिका ५ स्यार्सेमा यात्रुवाहक बस र ट्रक ठोक्किएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सोही ठाउँको कालिका पेट्रोल पम्प नजिक उक्त दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक खोटाङ घर भएका ४५ वर्षीय चन्द्र बहादुर श्रेष्ठ रहेका छन् ।

उनको उपचारका लागि ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभयाो ।
हिजो राति काठमाण्डौबाट कांकडभिट्टा तर्फ गइरहेको ना ७ ख २१११ नम्बरको बस र बिपरित दिशाबाट आई रहेको ना ६ ख ४२८१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको थियो । बसका सह–चालक रौतहट चपुर ४ बस्ने बर्ष ४९ का बिनोद शर्मा संग्रौला, ट्रकको सह–चालक बारा जितपुर सिमरा उपमहानगरपालिका १९ बस्ने बर्ष २३ का सुनिल कुमार साह घाइते भई पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बसका चालक सहित करिव १६ जना सवारमध्ये अन्य सवैको अवस्था सकुशल रहेको र ट्रक चालक बारा जितपुर १९ बस्ने बर्ष ३८ का लालु प्रसाद यादव, ईप्रका भण्डाराको नियन्त्रणमा रहेको प्रहरीले जानकारी जनाएको छ ।

प्रकाशित : २०७७ माघ ७ गते ६:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI