कस्तो रहला आजको मौसम ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ७ गते ७:२४
कस्तो रहला आजको मौसम ?

काठमाडौं– मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

अहिले प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ साथै देशका पहाडी भुभागका केहि स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागिरहेको छ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ ।

दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा विभिन्न भू-भागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू-भागहरुमा विहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध छ ।

प्रकाशित : २०७७ माघ ७ गते ७:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI