गैंडाको आक्रमणले मृत्यु भएका मुखियाको परिवारलाई राहत हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ८ गते १८:१०
गैंडाको आक्रमणले मृत्यु भएका मुखियाको परिवारलाई राहत हस्तान्तरण

डि आर क्षेत्री/देवचुली
चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैडाको आक्रमणबाट मृत्युु भएका देवचुलि नगरपालिका वडा नं १७ का जंगिलाल मुखियाका परिवारले राहत पाएका छन् । बिहीवार एक कार्यक्रमका विच मुखियाका परिवारलाई घरमै पुगि पचास हजारकाे चेक हस्तान्तरण गरिएकाे छ । चितवन राष्ट्रिय निकुञ्ज , शिसवार मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष नेत्र वहादुर पाण्डे र राष्ट्रिय प्रकृति संरक्षण काेषका रेन्जर ऋषि सुवेदिले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।

नेपाल सरकार , राष्ट्रिय प्रकृति संरक्षण काेष , विश्व वन्यजन्तु काेष र जेड एस एल नेपालकाे सयुक्त काेषकाे व्याज वाट याे राहत रकम उपलब्ध गराईएकाे हाे । त्यसैगरि नेपाल सरकारले प्रदान गर्ने रकम केही दिनमा प्राप्त हुने समेत जानकारि गराईएकाे छ ।

राहत रकम हस्तान्तरण कार्यमा शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र वहादुर पाण्डे , राष्ट्रिय प्रकृति संरक्षण काेषका रेन्जर ऋषि सुवेदी , समितिका सचिव मनहरि पाैडेल , काेषाध्यक्ष सन्ताेष सापकाेटा , कार्यालय सचिव सत्यराज अधिकारी , आरआर टि संयाेजक धन वहादुर राना र मृतकका परिवारजनकाे उपस्थिति रहेकाे थियाे ।

चितवन राष्ट्रिय निकुञ्ज वाट आएकाे गैडाकाे आक्रमणमा परि गत कार्तिक १६ गते मुखियाकाे उपचारकाे क्रममा भरतपुर अस्पतालमा निधन भएकाे थियाे । नेपाल सरकारकाे वन्यजन्तुको क्षि राहत निर्देशिकामा गैडाकाे आक्रमणमा परि मृत्युु हुनेकाे हकमा रु दस लाख राहत स्वरुप प्राप्त गर्ने प्रावधान रहेकाे छ ।

प्रकाशित : २०७७ माघ ८ गते १८:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI