पुर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १० गते ८:५६
पुर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

सन्जय भट्टराई/कावासोती

पुर्वी नवलपरासीको कावासोती-८ खरकट्टाको भित्री सडक खण्डमामा गए राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना.२२.प ६५ ५५ काे माेटरसाईकल गए राती रूखमा ठक्कर खादाँ २ जनाको ज्यान गएको पुर्वी नवलपरासी प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका कावासोती-३ बस्ने २४ बर्षिय हेमबादुर थापा र कावासोती-८ बस्ने २६ बर्षिय सुनिल जैसवाललाई मध्यविन्दु जिल्ला अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छ्न ।

प्रहरीका अनुसार तिब्र गतिमा रहेको मोटरसाइकल अनियंत्रित भई रुखमा ठोकिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

प्रकाशित : २०७७ माघ १० गते ८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI