भारतमा हात्तीमाथि आगो आक्रमण : जलेर हात्तीको मृत्यु, दुई जना पक्राउ (भिडियाे सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १२ गते ९:१३
भारतमा हात्तीमाथि आगो आक्रमण : जलेर हात्तीको मृत्यु, दुई जना पक्राउ (भिडियाे सहित)
एजेन्सी, ११ माघ । छिमेकी मुलुक भारतमा मानिसहरुले हात्तीमाथि जलिरहेको टायर आक्रमण गरेको छ । बीबीसी हिन्दीका अनुसार भारतको तमिलनाडुमा मानिसहरुले हात्तीमाथि जलिरहेको टायर फालेको हो ।उक्त टायर हात्तीको शरीरबाट नझरेपछि त्यसले जलेर हात्ती मरेको छ । आगोले घाइते भएको उक्त हात्तीको उपचारकै क्रममा मृत्यु भएको हो । सार्वजनिक भिडियोमा मानिसहरुले हात्तीमाथि जलिरहेको टायर फालेको देखिन्छ । उक्त भिडियो सार्वजनिक भएपछि तमिलनाडुमा भएको यस घटनाको विश्वभरबाट निन्दा भइरहेको छ ।

हात्तीमाथि जलिरहेको टायर आक्रमण गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । बीबीसी हिन्दीका अनुसार निलगिरिको मावानेलाको रेमन्ड र प्रशान्त नाम गरेका दुई व्यक्ति पक्राउ परेका छन् । तेस्रा व्यक्ति रेयानको पनि खोजी भइरहेको छ । उनीहरु तीनै जनामाथि वन्यजन्तु संरक्षण कानुन अन्तर्गत कारवाही अगाडि बढाइने छ ।

अन्दाजी १४-१५ वर्षकाे जंगली हात्ती पालाक्कड जिल्लाको साइलेन्ट भ्यालीको जंगल छोडेर खानाको खोजीमा नजिकैको गाउँमा पुगेको थियाे ।

यसअघि गत वर्ष  भारतको केरलामा एक गर्भिणी हात्ती पानीमा सुँड डुबाएर उभिइरहेको अवस्थामा मरेकी थिई

प्रकाशित : २०७७ माघ १२ गते ९:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI