कम्युनिस्ट आन्दोलन बाट प्रचण्ड पलायन हुन जरुरी छ : महेश बस्नेत

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १२ गते १७:२१
कम्युनिस्ट आन्दोलन बाट प्रचण्ड पलायन हुन जरुरी छ  : महेश बस्नेत

सन्जय भट्टराई/कावासोती
राष्ट्रिय युवा संघ नेपालका ईन्चार्च एवं पुर्व मन्त्री महेश बस्नेतले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रचण्डको पलायन जरुरी भएको बताएका छ्न । सोमबार पुर्वी नवलपरासीको कावासोतीमा राष्ट्रिय युवा संघ पुर्वी नवलपरासीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन ।

आफ्नो सम्बोधनको अधिकांश समय प्रचण्ड र माधवकुमार नेपालको आलोचनामा खर्चिएका बस्नेतले प्रचण्डसँग भ्रष्टाचार , अनिमियता, अवसरवाद, नातावाद कृपावाद, अपराधीक एजेन्डा मात्रै भएको आरोप लगाउदै प्रचण्डलाई कम्युनिस्ट पार्टीको जिम्मा दिने हो भने कम्युनिस्ट पार्टी धुलोमा परिणत हुने बताए । प्रचण्डले कम्युनिस्ट पार्टीबाट वैद्य, बाबुराम , विपल्वलाई निकाले तर ओलीलाई निकाल्न खोज्दा आफै उछिट्टिएर माईतीघर मण्डलामा पुगेको बस्नेतको भनाई थियो ।

माधवकुमार नेपाल प्रती कटाक्ष गर्दै बस्नेतले माधवकुमार नेपालले पार्टीको नेतृत्व गर्दा पार्टी न पोथी न भालेको अवस्थामा पुगेको बताए । नेपालले पार्टी नेतृत्व गर्दा एमाले खुम्चिएर ३३ सिटमा झरेको बताउदै बस्नेतले ओलीको नेतृत्वमा पार्टीले दुईतिहाई हासिल गरेको र समृद्धिको बाटोमा देश अगाडी बढेको बताए ।
बस्नेतले प्रतिनिधि सभा विघटन र निर्वाचन संविधान सम्मत भएको बताउदै निर्वाचनको विरोध गर्नेहरुनै प्रतिगामी भएको जिकिर समेत गरे । प्रधानमन्त्री ओलीले देशलाई अपराधी, भ्रष्टहरुको हातमा जान बाट जोगाएको बताउदै वैशाखको निर्वाचनले लोकतन्त्र अझै बलियो हुने बताएका छन ।

प्रकाशित : २०७७ माघ १२ गते १७:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI