सेयर बजारमा आउन चाहनेहरुले जान्नैपर्ने आधारभूत विषय

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १३ गते १३:३३
सेयर बजारमा आउन चाहनेहरुले जान्नैपर्ने आधारभूत विषय

काठमाडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ । डिम्याट खाता प्रयोगकर्ता नै २६ लाख नाघिसके ।

सेयर बजारमा दुईवटा बजार हुन्छ प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक वा सिधै दोस्रो बजार प्रवेश गरेर सेयर कारोबार गर्न सकिन्छ । कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि

जारी साधारण सेयर ९आईपीओ० किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो । दोस्रो बजारको तुलनामा प्राथमिक बजार धेरै सुरक्षित मानिन्छ । पछिल्लो समय आवेदक संख्या बढ्दा आईपीओ पर्ने सम्भावना पनि कम हुँदै गएको छ ।

संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर सर्वसाधारणबाट उठाइएको सेयर लगानी हो । सामान्यतः १ कित्ता सेयरको मूल्य १०० हुन्छ । अहिले न्युनतम १० कित्ताको लागि आवेदन दिन पाइने व्यवस्था छ ।

पछिल्लो समय आईपीओ जारी गरेको चन्द्रागिरि हिल्स लिमिटेडको १ लाख ३९ हजारभन्दा धेरै जनालाई आईपीओ परेको छ । आवेदन भने १२ लाख ५१ हजारभन्दा बढी परेको थियो । १५ लाख कित्ता आईपीओ निस्काशन गरेको कम्पनीले प्रतिनिवेदक १० कित्ताका दरले बाँडफाँट गर्दा १० लाखभन्दा बढी आवेदकको हात खाली भयो ।

हालै जारी नेपाल इन्फ्रा स्ट्रक्चर बैंकले जारी गरेको ८ करोड कित्ता आईपीओ भने सबै आवेदकको हातमा पर्ने पक्का छ । किनभने, यसका लागि १५ लाख ३० हजार जनाले मात्र आवेदन दिएका छन् ।

कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गर्ने गरी जारी गरिएको धितोपत्रलाई पनि साधारण सेयर भनिन्छ ।

साधारण सेयर लगानीकर्तालाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको ‘ओनर’ मानिन्छ । कम्पनीको ‘ओनर’को हैसियतले साधारण सेयरवालाले बढी जोखिम उठाउनुपर्दछ । साधारण सेयरमा दिइने लाभांश दर कम्पनीले आर्जन गर्ने नाफाको घटबढ अनुसार तलमाथि हुन्छ ।

अर्कोतर्फ कम्पनी नाफामा जाँदैमा साधारण सेयरवालालाई लाभांश प्राप्त हुन्छ भन्ने पनि हुँदैन । किनभने, साधारण सेयरमा लाभांश दिनै पर्ने बाध्यात्मक अवस्था हुँदैन । कम्पनी अधिक नाफामा जाँदा भने लाभांश पाउने सम्भावना बढ्छ ।

लाभांशको रुपमा कम्पनीले साधारण सेयरवालालाई बोनश सेयर पनि वितरण गर्न सक्छ । सम्बन्धित कम्पनी खारेजीमा गएको अवस्थामा डिबेञ्चरवाला र अग्राधिकार सेयरवालाहरुलाई भुक्तानी गरिसकेपछि बाँकी रहेको रकम साधारण सेयरवालाहरुले दावी गर्न सक्छन् । यसकारण साधारण सेयरमा गरिने लगानीलाई जोखिमपूर्ण मानिएको हो ।

बढी प्रतिफलको लागि बढी जोखिम उठाउन तयार लगानीकर्ताका लागि मात्र साधारण सेयर जस्तो धितोपत्रको औजार उपयुक्त मानिन्छ । कदाचित सम्बन्धित कम्पनी खारेजीमा गई ठूलो दायित्व व्यहोर्नुपर्ने भएको अवस्थामा पनि साधारण सेयरवालाको दायित्व उनीहरुले लगानी गरेको रकमको हदमा सीमित हुने भएकाले घरघरानाबाट भने व्यहोर्नु पर्दैन ।

सेयर जारी गर्नुअघि कम्पनीहरू नेपाल धितोपत्र बोर्डमा दर्ता हुन्छन् । ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर निस्कासन गर्दा इक्रा नेपालबाट रेटिङ पनि गराउनुपर्छ । लगानीकर्ताले धितोपत्र बोर्ड र इक्रा नेपालको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदैछ भनेर जानकारी लिन सक्छन् ।

कसरी किन्ने सेयर र

सेयर बजारको सिद्धान्तिकसँगै व्यवहारिक पक्ष पनि बुझ्नुपर्छ । जस्तो,आईपीओ कसरी किन्ने र पहिलो कुरा त आईपीओ निस्कासन सम्बन्धी समाचारहरु प्रकाशन भइरहेका हुन्छन् । त्यसबाट धेरै कुरा बुझिन्छ ।

धितोपत्र बोर्डले आईपीओ निस्काशन गर्न अनुमति दिएको जानकारी आफ्नो वेबसाइटमै राखेको हुन्छ । आईपीओ जारी गर्नुभन्दा साता दिनअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निस्कासन गर्छन् ।

आह्वानपत्रमा कम्पनीले कुन मितिदेखि, कति सेयर निकाल्दै छ भन्ने जानकारी दिन्छ । आह्वानपत्रमा कम्पनीको कतिसम्म सेयरका लागि कहाँबाट आवेदन सकिन्छ भन्नेदेखि कम्पनीको स्थिति र भावि योजनासम्मका कुरा उल्लेख हुन्छ । आह्वानपत्र राम्ररी अध्ययन गर्दा धेरै जानकारी पाइन्छ।

आईपीओ खरिद गर्न चाहनेको लागि बैंक खाता र डिम्याट खाता अनिवार्य नै हो । डिम्याट खाता कुनै बैंक वा क्यापिटल मर्चेन्ट ९बैंक० गएर खोल्न सकिन्छ ।

पैसा बैंक खातामा राखिन्छ भने डिम्याट खातामा सेयर जम्मा हुन्छ । डिम्याट र बैंक खाता खोलिसकेपछि सम्बन्धित बैंकमा गएर सीआस्वा ९सीआरएन० दर्ता गर्नुपर्ने हुन्छ । सीआरएन दर्ता गरिसकेपछि ‘मेरो सेयर’ नामक सुविधा लिएर घरमै बसीबसी आईपीओ भर्न सकिन्छ ।

डिम्याट खोलेको बैंक वा क्यापिटलमा मेरो सेयरको फर्म भर्नुभयो भने युजर आईडी र पासवर्ड इमेलमा आउँछ । त्यसकै आधारमा मोवाइल वा कम्प्युटरबाट आईपीओ भर्ने हो ।

आईपीओ सामान्यतः १० कित्तादेखि माथि भर्न पाइन्छ । सेयर भरेअनुसारको रकम तपाईंको बैंक खातामा हुनुपर्छ । सेयर बाँडफाँट हुँदासम्म सेयर आवेदन दिए अनुसारको रकम रोक्का हुन्छ ।

त्यसकारण, आईपीओ भरेपछि बाँडफाँट कहिले हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ । बाँडफाँटपछि तपाईंलाई परेको सेयर स्वतः डिम्याट खातामा आउँछ । जति सेयर पर्यो त्यति बराबरको रकम खाताबाटै काटिन्छ । सेयर परेन भने तपाईको पैसा खातामै जम्मा हुन्छ ।

आईपीओ बाँडफाँट भइसकेपछि नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत हुन्छ । त्यसपछि दोस्रो बजारमा कारोबार हुन्छ । दोस्रो बजारमा बजार मूल्यअनुसार सेयर खरिद गर्न सकिन्छ ।

ध्यान दिनुपर्ने कुराहरु

सम्भावित जोखिमबारे लगानीकर्ता सधैं सचेत रहनुपर्छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई जोखिम नहोस् भनेर बेलाबेलामा विभन्न सूचना पनि जारी गर्छ ।

बोर्डका अनुसार सेयर बजारमा लगानी गर्न चाहनेहरुले यी कुराहरुमा ध्यान दिनपर्छ स्

१। सेयर निस्कासनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति ९नेटवर्थ, नाफा(नोक्सान स्थिति आदि०, व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

२। विवरणपत्र लगायत निस्कासनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणका लागि निस्कासनकर्ता कम्पनी, निस्कासन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरुमा सम्पर्क राख्नुहोस् ।

३। सेयर खरिदका लागि दरखास्त दिएपछि धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी, प्रमाणपत्र प्राप्ति तथा सूचीकरण सम्बन्धमा सजग रहनुहोस् ।

४। धितोपत्रको निस्कासन मूल्यले सूचीकरण पश्चात धितोपत्र विनिमय बजारमा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिमप्रति सजग रहनुहोस् ।

५। धितोपत्रमा गरिने लगानीको जोखिम तपाईं स्वयंले व्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार वा कसैको बहकाउबाट प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

६। आफूले सेयर खरिद गरेको कम्पनीको गतिविधिबारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नबिर्सनुहोस् ।

७। धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस् ।

८। धितोपत्रमा लगानी सम्बन्धी तपाईंका जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र व्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा सम्पर्क राख्नुहोस् ।

प्रकाशित : २०७७ माघ १३ गते १३:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI