कावासोतीमा ६ सय ५ जना विद्यार्थीलाई स्कुल ब्याग र शैक्षिक सामाग्री वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १३ गते २२:१५
कावासोतीमा ६ सय ५ जना विद्यार्थीलाई स्कुल ब्याग र शैक्षिक सामाग्री वितरण

।कावासोती । पुर्वी नवलपरासीको कावासोती नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ६ सय ५ जना विद्यार्थीलाई मंगलबार स्कुल ब्याग र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

चाईना फाउन्डेसन र राष्ट्रिय अपांग पुनर्स्थापना समाज अनामनगरको सहयोगमा कावासोती नगरपालिका वडा नं-८ को जनकल्याण मा.वि मा २९९, वडा नं २ कै नवदुर्गा आधारभुत विद्यालयमा २ सय ३७ र कावासोती-७ को नारायणी प्राविमा ६९ गरि ६ सय ५ जनालाई स्कुल ब्याग र शैक्षिक सामाग्री वितरण गरिएको हो ।

तीन वटै विद्यालयमा आयोजित कार्यक्रममा सम्बन्धित विद्यालय रहेका वडाका वडा अध्यक्षको प्रमुख आथित्यता एवं अभियन्ताहरुतथा युवा अभियन्ताहरु रामचन्द्र भट्टराई , गोकर्ण रिमाल र अशोक भट्टराई, विद्यालयका प्रधानाध्यापक एवं शिक्षक विद्यार्थीको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : २०७७ माघ १३ गते २२:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI