No ads found for this position

प्रधानमन्त्री कप : पहिलो सेमीफाइनलमा एपीएफ र पुलिस खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १४ गते ६:०९
No ads found for this position
प्रधानमन्त्री  कप : पहिलो सेमीफाइनलमा एपीएफ र पुलिस खेल्दै
No ads found for this position

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पहिलो सेमी फाइनल खेलमा बुधबार दुई विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) र डिफेन्डिङ च्याम्पियन टिम नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन्। खेल विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

प्रतियोगिता अन्तर्गत समुह चरणको खेलमा समुह ‘ए’ को विजेताको रुपमा एपीएफ सेमीफाइनल पुगेको थियो। पुलिस समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल पुगेको हो।

समुह चरणमा एपीएफले ४ वटै खेलमा जित दर्ता गर्ने क्रममा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र गण्डकी प्रदेशलाई पराजित गरेको थियो। पुलिसले पहिलो खेलमा बागमती प्रदेशसंग हार बेहोरेपछि सुदुरपश्चिम प्रदेश र प्रदेश-२ लाई पराजित गर्दा लुम्बिनी प्रदेशसंग बराबरी खेलेको थियो।

गत सिजन प्रधानमन्त्री कपको सेमीफाइनलमा पुलिसले एपीएफलाई ५ विकेटले पराजित गरेको थियो। एपीएफ मात्र ४१ रनमा समेटिन पुग्दा पुलिसले ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियोे ।

गत वर्ष प्रधानमन्त्री कपमा एपीएफलाई पुलिसले ४१ रनमा अलआउट गरेको थियो

प्रतियोगितामा एपीएफका फास्ट बलरद्वय अविनाश बोहरा र कमल सिंह ऐरी तथा स्पिनर बसन्त रेग्मी राम्रो लयमा छन्। बोहराले ३ खेलमा ८ विकेट, ऐरीले ४ खेलमा ७ विकेट तथा रेग्मीले ४ खेलमा ५ विकेट लिएका छन्। यस्तै ब्याटिंगमा एपीएफ ओपनर आसिफ शेख, मध्यक्रम ब्याट्सम्यान सन्दिप जोरा लयमा छन्। शेखले ३ खेलमा २ अर्धशतक मद्दतले १४४ रन बनाएका छन् जुन क्रममा १४४ को उत्कृस्ट स्ट्राइक रेट र ४८ औशत रहेको छ। जोराले ४ खेलमा ३९.३३ को औशतले ११८ रन बनाएका छन्। तर दुई ब्याट्सम्यान बाहेक टिमका मुख्य ब्याट्सम्यान सुबास खकुरेल, शरद भेसवकर, सुमित महर्जनको प्रदर्शन भने खास रहन सकेको छैन।

पुलिस टिमको स्पिनरहरु राम्रो लयमा देखिएका छन्। सागर ढकालले ४ खेलमा ७ विकेट लिएका छन् भने ललित राजबंशी र दिपेन्द्र ऐरीले समान खेलमा ६/६ विकेट लिएका छन्। पवन सर्राफ, राशिद खानको प्रदर्शन भने खास छैन। पेस बलरको रुपमा खेलीरहेका आरिफ शेखले ३ खेलमा बलिंग गर्दा विकेट लिन सकेका छैनन्। पुलिसको ब्याटिंगमा सुनिल धमला, दिपेन्द्र ऐरी,कुशल भुर्तेल जस्ता ब्याट्सम्यानले रन बनाएका छन्। धमलाले ४ खेलमा १ शतक र १ अर्धशतक मद्दतले १८७ रन बनाएका छन्। दिपेन्द्रले ४ खेलम ३ पटक ब्याटिंग गर्दा १ अर्धशतक मद्दतले १२३ रन बनाएका छन्। ओपनर कुशल भुर्तेलले ४ खेलमा ११७ रन बनाएका छन् जुन क्रममा १ अर्धशतक प्रहार गरेका छन्। अमित श्रेष्ठ, आरिफ शेख, अनिल साह जस्ता ब्याट्सम्यानहरुको प्रदर्शन भने खास रहन सकेको छैन।

प्रकाशित : २०७७ माघ १४ गते ६:०९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI