पुर्वी नवलपरासीमा पहिलो चरणमा कोरोना विरुद्धको खोप १ हजार २३ जनालाई लगाईने

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १४ गते १७:०२
पुर्वी नवलपरासीमा पहिलो चरणमा कोरोना विरुद्धको खोप १ हजार २३ जनालाई लगाईने

कावासोती । पुर्वी नवलपरासीमा कोरोना भाईरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बुधबार देखि सुरु भएको अभियानको पहिलो चरणमा १ हजार २३ जनालाई खोप लगाईने गरि अभियान सुरु गरिएको हो ।

मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष डाक्टर गोपाल खनाललाई खोप लगाएर जिल्लामा खोप अभियानको सुरुवात गरिएको हो ।

 

बुधबार देखि सुरु भएको खोप अभियान तीन चरण गरेर सन्चालन गरीने जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका प्रमुख केशव चापागाईंले बताए ।

पहिलो चरणमा महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई खोप लगाईने चापागाईंले बताए । चापागाईका अनुसार पहिलो चरणमा ३० जना एम्बुलेन्स चालक, १०० जना सरसफाइ कर्मी , १३७ जना निजि क्षेत्रका स्वास्थ्यकर्मी , ३५९ महिला स्वास्थ्य स्वयंसेविका , ३९७ जना सरकारी सेवाका स्वास्थ्यकर्मीलाई खोप लगाईने छ ।

बुधबार बाट सुरु गरिएको पहिलो चरणको खोप अभियान माघ १७ गते सम्म चल्ने बताईएको छ । पहिलो चरणको खोप अभियानका लागि जिल्लामा ११७० डोज खोप आएको र लगाउने क्रममा १० प्रतिशत खोप खेर जाने भए पनि पहिलो चरणमा नाम संकलन गरिएका सबैलाई खोप पुग्ने जिल्ला स्वास्थ्य प्रमुख चापागाईंले बताए ।

प्रकाशित : २०७७ माघ १४ गते १७:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI