पुर्वी नवलपरासीमा दुई दिनमा ३ सय ८० जनाले खोप लगाए

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १५ गते २०:५६
पुर्वी नवलपरासीमा दुई दिनमा ३ सय ८० जनाले खोप लगाए

कावासोती । पुर्वी नवलपरासीमा दुई दिनमा ३ सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएका छ्न ।

मध्यविन्दु जिल्ला अस्पतालमा बुधबार देखि सुरु भएको खोप अभियानमा बुधबार १२९ महिला र ७१ पुरुष गरि २ सय जना र बिहीबार १ सय ३६ महिला र ४४ पुरुष गरेर १८० जनालाई खोप लगाएईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले बताए ।

चापागाईंका अनुसार कावासोती, देवचुली, हुप्सेकोट, गैंडाकोट, मध्यविन्दु र विनयी त्रिवेणी का महिला स्वयंसेविका र स्वास्थ्यकर्मीलाई खोप लगाई सकिएको छ । शुक्रबार बौदीकाली र बुलिङ्गटार गाउँपालिकाका महिला स्वयंसेविका ,स्वास्थ्यकर्मी र स्थानीय तहले सिफारिस गरि पठाएका एम्बुलेन्स चालक र सरसफाइ कर्मीलाई खोप लगाइने चापागाईंले बताए ।

जिल्लामा पहिलो चरणमा ३० जना एम्बुलेन्स चालक, १०० जना सरसफाइ कर्मी , १३७ जना निजि क्षेत्रका स्वास्थ्यकर्मी , ३५९ महिला स्वास्थ्य स्वयंसेविका , ३९७ जना सरकारी सेवाका स्वास्थ्यकर्मीलाई खोप लगाईने छ ।

पहिलो चरणको खोप अभियानका लागि जिल्लामा ११७० डोज खोप आएको र लगाउने क्रममा १० प्रतिशत खोप खेर जाने भए पनि पहिलो चरणमा नाम संकलन गरिएका सबैलाई खोप पुग्ने जिल्ला स्वास्थ्य प्रमुख चापागाईंले बताए ।

प्रकाशित : २०७७ माघ १५ गते २०:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI