गैंडाकोटबाट हराएकी सरस्वतीको शव नारायणीमा भेटियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १६ गते १८:१२
गैंडाकोटबाट हराएकी सरस्वतीको शव नारायणीमा भेटियो

कावासोती । पूर्वि नवलपरासीको गैँडाकोटबाट केहि दिन अघि हराएकी २८ वर्षिया सरस्वती श्रेष्ठ (पाध्या) मृत अवस्थामा फेला परेकी छिन ।
गैँडाकोट नगरपालिका वडा नं. १ प्रगतीटोलमा बस्दै आएकि उनको शव नारायणी नदीमा फेला परेको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।नदीको चितवन तर्फको भागमा उनको शव भेटिएको प्रहरी निरिक्षक चन्द्रवबहादुर थापाले बताए ।

एक साता अघि घरबाट हिडेकी उनको कपडा र चप्पल बृटिसक्याम्प नजिकै नारायणी नदी किनारमा भेटिएपछि उनि नारायणी नदीमै हाम फालेर बेपत्ता भएको अनुमान प्रहरीले गरेको थियो । मृतक सरस्वतीका एक छोरा र एक छोरी रहेका छन । उनका श्रीमान केहि दिनअघि मात्रै विदेशबाट आएका थिए ।

प्रकाशित : २०७७ माघ १६ गते १८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI