संविधान भन्दा बाहिर गएर अदालतले फैसला गर्छ भने त्यो फैसला मान्नु पर्छ भन्ने छैन : प्रदिप पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १८ गते १५:४६
संविधान भन्दा बाहिर गएर अदालतले फैसला गर्छ भने त्यो फैसला मान्नु पर्छ भन्ने छैन : प्रदिप पौडेल

कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले संविधान भन्दा बाहिर गएर अदालतले फैसला गर्छ भने त्यो फैसला मान्य नहुने बताएका छ्न । आइतबार पुर्वी नवलपरासीको देवचुलीमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन ।

संसद विघटन संसदीय परम्परा हो भनेर संविधान भन्दा बाहिर गएर निर्णय गर्ने अधिकार अदालतलाई नभएको बताउदै पौडेलले २०४७ को संविधानको नजिर देखाएर संसद पुन:स्थापना नगरे त्यो आफुहरुलाई मान्य नहुने बताए ।

“अहिलेको संविधानमा प्रधानमन्त्रीको कदमलाई संवैधानिक मान्ने व्यवस्था कुनै धारामा छैन, कुनै पनि धारामा नभएको व्यवस्थालाई अदालतले ठिक हो भन्छ भने कसरी मान्न सकिन्छ ?” पौडेलको भनाई थियो ।

कार्यक्रममा प्रधानन्यायाधीश पनि संविधान उल्लंघन गर्ने कुराको अंशियार भएको आरोप लगाउदै पौडेलले प्रधानन्यायाधीश माथी पनि प्रश्न उठेको बताए । संविधान विपरीत संवैधानिक आयोगहरुमा नियुक्त गर्दा भागवण्डा लिएका प्रधानन्यायाधीश पनि प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको अंशियार भएको पौडेलको भनाई थियो ।

काङ्ग्रेसको संस्थागत निर्णय संसद पुनःस्थापना हुनु पर्ने रहेको बताउदै नेताहरूको व्यक्तिगत विचारको पछाडि नलागी ओलीको असंवैधानिक कदमको विरोधमा शसक्त भएर लाग्न पौडेलले कार्यकर्ताहरुलाई आग्रह गरेका छ्न ।

वैशाखमा निश्पक्ष चुनाव भए काङ्ग्रेसले जित्ने बताउदै पौडेलले ओलीले कुनै पनि हालतमा काङ्ग्रेसले जित्ने चुनाव गराउछ्न भन्ने विश्वास   आफुहरुलाई नभएको पौडेलले बताए । संविधानको रक्षा नगरी चुनाव जानू गलत हुने भन्दै पौडेलले अहिलेको आवश्यकता भनेको संसद पुन:स्थापना भएको बताएका छ्न ।

प्रकाशित : २०७७ माघ १८ गते १५:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI