भूमि समस्या समाधान आयोग पुर्वी नवलपरासीको अध्यक्षमा कृष्ण घिमिरे

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १९ गते २०:२१
भूमि समस्या समाधान आयोग पुर्वी नवलपरासीको अध्यक्षमा कृष्ण घिमिरे

कावासोती । भुमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशका ७७ जिल्लामा भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा पदाधिकारी र सदस्य मनोनयन गरेको छ ।

यसै बिच भूमि समस्या समाधान आयोग पुर्वी नवलपरासीको अध्यक्षमा कृष्ण घिमिरे नियुक्त भएका छन ।

सोमबार नेपाल राजपत्रमा  भुमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयले सूचना प्रकाशित गरेर मनोनयनको जानकारी गराएको छ । सूचनामा जनाईए अनुसार पुर्वी नवलपरासीमा कृष्ण घिमिरे अध्यक्ष सहित विज्ञमा रामकृष्ण ढुंगाना र सदस्यमा जोगमाया महतो मनोनीत भएका छ्न ।
अध्यक्षमा मनोनीत भएका घिमिरे नेकपा ओलि समूहको केन्द्रिय सदस्य हुन । दुई पार्टी एकीकरण पछि प्रदेश कमिटी सदस्य रहेका घिमिरे तात्कालिन नेकपा एमालेको पनि प्रदेश कमिटी सदस्य थिए । घिमिरे २०५१ मध्यावधि    निर्वाचनमा तात्कालिन नेकपा एमालेको तर्फ बाट साबिक नवलपरासी क्षेत्र नं १ बाट प्रत्यासी उम्मेदवार थिए ।

प्रकाशित : २०७७ माघ १९ गते २०:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI