नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हुने 

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २१ गते १९:१३
नेपाल प्रेस युनियनको महाधिवेशन आगामी  जेठ १३ र १४ गते हुने 

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठमा हुने भएको छ । बर्दियाको ठाकुरद्वारामा बुधबार बसेको केन्द्रिय कार्यसमिति बैठकले आगामी जेठ १३ र १४ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठ १३ र १४ गतेका लागि निर्धारण गरिएको महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिए । महाधिवेशनस्थलको टुंगो भने सचिवालयले लगाउने महासचिव सिवाकोटीले बताए । युनियनले यसअघि गत चैत २१ र २२ गते नेपालगञ्जमा महाधिवेशन गर्ने निर्णय गरेर तयारी समेत थालिसकेको थियो । तर, विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण महाधिवेशन स्थगित गरिएको थियो ।

प्रकाशित : २०७७ माघ २१ गते १९:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI