No ads found for this position

फेवातालको पानी एक मिटर घटाएपछि…(फोटो फिचर)

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २५ गते ११:५३
No ads found for this position
फेवातालको पानी एक मिटर घटाएपछि…(फोटो फिचर)
No ads found for this position

पाेखरा, माघ २५ गते । शुक्रबार, शनिवार पोखरा घुम्न आएका पर्यटन फेवाताल किनार बाराहीघाट पुग्दा पानी सुकेको देख्दा आश्चर्यमा परे । तालको पानी ह्वात्तै घटेको थियो । शनिबार पोखरा घुम्न आएको पर्यटकले तालको पानी घटेको देखेर
जलस्रोत तथ सिचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले फेवातालको पानी एक मिटर घटेको र पानीले ओगटेका ठूलो भुभाग जमिनमा परिणत भएको जानकारी दिनुभयो । उहाँका अनुसार तालको पानी घटाइनु खोलामा बाँधको मर्मत सम्भारका लागि हो ।
आचार्य भन्नुहुन्छ, ‘३५ सालदेखि बाँधको समान्य मर्मत भएको थियो, लार्ज स्केलको मर्मत भएको थिएन्, अघिल्लो आर्थिक वर्ष सूचना निकालेका थियांै, अहिले मर्मत गदैछौ, कार्यालय प्रमुख आचार्यले भन्नु यो ।
‘बाँधको मर्मत र फेवातालबाट सिचाईका लागि लगिएको कुलो मर्मतका लागि तालको पानी सुकाइएको हो ।’ अहिले एक मिटर मात्र पानी घटाएर मर्मतका लागि प्रयास गरिने र नभए दुई मिटरसम्म पानी घटाउनुपर्ने अवस्था आउने उहाँले बताउनु भयो ।
बाँध र नहर मर्मतका लागि सरकारले एक करोड बजेट छुट्याएको छ । उक्त कामका लागी एक महिना लाग्ने इन्जिनीयर आचार्यले बताउनु भयो । “दुई मिटर पानी डाउन गर्ने सोचमा रहेका थियोंै, पानी भित्र डुबेर काम गर्नुपर्ने भएकोले यतिमै गर्न मिल्छ कि भन्ने छ मिलेन भने, २० देखि ३० सेन्टिमिटर घटाएर काम गर्नेछौं, ।

२०१८ सालमा भारतीय सहयोग मिसनको १५ लाख रुपैया आर्थिक सहयोगमा बाँध बाधिएको थियो , बाधँको क्षेत्रफल १० किमी इक्युयार थियो त्यो बाधँ २८ सालमा भत्किएको थियो । अहिलेको क्षेत्रफल ५. ८ किमी छ । यसैलाइ आधार मानेर। सिमाङकन सिमतिले पनि काम गरेको छ , आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार बाँधको नियमित मर्मतका लागि अहिले पानी छाडिएको बताउँदै मर्मत संभारका लागी पानी घटाइएको सन्देश सबैमा पुगोस् भन्दै बाँध बलियो बनाएपछि पानी फेरि भरिने जानकारी दिनुभयो ।

 

गोरखापत्र अनलाइन बााट
प्रकाशित : २०७७ माघ २५ गते ११:५३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI