तोलामा ६ सयले बढ्यो सुनको भाउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २५ गते १२:५९
तोलामा ६ सयले बढ्यो सुनको भाउ

सुनको भाउ तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला भाउ ९० हजार ६ सय रुपैयाँ तोकेको हो । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले आजको लागि तेजावी सुनको भाउ प्रतितोला ९० हजार १५० रुपैयाँ तोकेको छ । गत शुक्रबार उक्त सुनको बजार मूल्य ८९ हजार ५५० रुपैयाँ थियो ।

आइतबार सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि देखिएको छ । शुक्रबार एक हजार २९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज एक हजार ३१० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २०७७ माघ २५ गते १२:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI