दुईवटा विधेयक पास गर्दै देवचुलीको सातौं नगरसभा सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २५ गते १७:०८
दुईवटा विधेयक पास गर्दै देवचुलीको सातौं नगरसभा सम्पन्न

देवचुली । पूर्वी नवलपरासीकाे देवचुली नगरपालिकाकाे साताैं नगरसभा दुई वटा विधयक पास गर्दै सकिएकाे छ। नगर सभामा जलश्राेत विधयक २०७७ र वातावरण तथा प्राकृतिक स्राेत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधयक २०७७ पास भएकाे हाे । विधयक समितिका संयाेजक दिनेश भुषासले पेश गरेकाे विधयक सर्वसम्मत पास भएकाे हाे । त्यसैगरी उपप्रमुख पार्वता तिवारीले पेश गरेकाे २०७७ साउनदेखि पाैष मसान्तसम्मकाे आर्थिक तथा प्रगति विवरण पनि सर्वसम्मत पास भएकाे थियाे ।सभा नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे थियाे ।

प्रकाशित : २०७७ माघ २५ गते १७:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI