गैंडाको आक्रमणबाट ७५ वर्षीया वृद्धा गम्भीर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २६ गते १६:५२
गैंडाको आक्रमणबाट ७५ वर्षीया वृद्धा गम्भीर घाईते

कावासोती । पुर्वी नवलपरासीमा गैंडाको आक्रमणबाट ७५ वर्षीया वृद्धा गम्भीर घाईते भएकी छिन ।

जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं ३ ब्रह्मस्थान बस्ने ७५ वर्षीया रुक्मिणी रेग्मी गैंडाको आक्रमणमा परि गम्भीर घाइते भएकि जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी विशाल तामाङले बताए ।

तामाङका अनुसार सोमबार बिहान नारायणी नदिमा एकादशी स्नान गरेर फर्किदै गरेकी रेग्मीलाई करिब १० बजेको समयमा गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट गम्भीर घाईते रेग्मीको चितवनको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पुर्वी नवलपरासीमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्क्ने वन्यजन्तुको कारण स्थानीय त्रसित भएका छ्न । निकुञ्जबाट निस्क्ने वन्यजन्तुले मान्छेलाई आक्रमण गरेर घाईते बनाउने , मान्छेको ज्याने जाने तथा खेतिपाती नष्ट गर्न घटना बढदै गए पछि स्थानीय र निकुञ्ज बिच द्वन्द बढेको छ ।-फाईल फोटो

प्रकाशित : २०७७ माघ २६ गते १६:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI