प्रहरीलाई रामकुमारीको चुनौती : यो राजनीतिक मुद्दा हो, पक्राउ पूर्जी लिएर आउनुस्

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २९ गते १२:०२
प्रहरीलाई रामकुमारीको चुनौती : यो राजनीतिक मुद्दा हो, पक्राउ पूर्जी लिएर आउनुस्

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएका थिए । झाँक्रीले पनि त्यो स्वीकार गरिन् ।

‘राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमा पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।’-अनलाइन खबरबाट
प्रकाशित : २०७७ माघ २९ गते १२:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI