चीनमा बिबिसी बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ३० गते ८:३८
चीनमा बिबिसी बन्द

काठमाडौँ : चीनमा अब बिबिसी प्रसारण नहुने भएको छ । बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई चीनले बन्द गर्ने घोषणा गरेपछि अब चीनमा बिबिसी सुन्न नपाइने भएको हो ।

चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारणमा बन्देज लगाएको जनाएको हो । यो निर्णयका पछाडी बिबिसीले प्रसारण गरेका सामग्री एकपक्षीय र चीनमैत्री नभएका दाबी गरिएको छ ।

 

 

चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्‍याउने सामग्री बिबिसीले प्रसारण गरेको आरोप पनि चीनको छ । हालै मात्र बिबिसीले चीनको पश्चिमी सिन्जियाङ प्रान्तमा  चिनियाँ व्यवस्थाका कारण नागरिकमाथि बलात्कार, यौन  र श्रम शोषण भइरहेको समाचार साम्रगी प्रसारण गरेको थियो । जसको चीनमा आलोचना भएको थियो ।

आफ्नो राष्ट्रियतामाथि खलल पुर्याएको आरोपमा चीनले बिबिसीको प्रसारण बन्द गरेको दाबी गरेपनि बेलायतसँगको उसको सम्बन्ध बिग्रदो रहेका कारण यो कदम चालिएको अनुमान गरिएको छ । बिबिसीले भने चीनमा आफ्नो प्रसारण बन्द गरिनु दुःखद भएपनि बिना डर, धम्की निष्पक्षपूर्ण समाचार सामग्री पस्किने बताएको छ ।

प्रकाशित : २०७७ माघ ३० गते ८:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI