मुकुन्दपुर खानेपानी निर्वाचन : प्यानल बनाएर दलगत उम्मेदवारी

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ३० गते १८:४०
मुकुन्दपुर खानेपानी निर्वाचन  : प्यानल बनाएर दलगत उम्मेदवारी

कावासोती । मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।

संस्थाको छैठौं अधिवेशनले सहमतिमा कार्यसमिती चयन गर्न नसकेपछी संस्थाको कार्यसमिति चयनका लागि आगामी फाल्गुन ५ गते निर्वाचन हुने भएको हो ।

नयाँ नेतृत्वका लागी नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक प्यानल र नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले बाम-प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छ्न

नेपाली काङ्ग्रेस र राप्रपाको लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा शेषकान्त देवकोटा, उपाध्यक्षमा चन्द्र दत्त जैसी, सचिवमा सोम बहादुर भण्डारी क्षेत्री,कोषाध्यक्षमा रोहिणी सदाशंकर सुनार, महिला सदस्यमा इन्दिरा महतो र पञ्चु माया चितौरे, सदस्यमा दुर्गादत्त कंडेल, प्रेमलाल खरेल, बुद्धि प्रसाद न्यूरेले उम्मेदवारी दिएका छ्न ।

त्यसै गरि नेकपा र राष्ट्रिय जनमोर्चा को बाम-प्रगतिशील प्यानलबाट अध्यक्षमा माधबप्रसाद कोईराला, उपाध्यक्षमा खड्क बहादुर क्षेत्री, सचिवमा विनोद कुमार श्रेष्ठ, कोषाध्यक्षमा चेतना अर्याल आचार्य, महिला सदस्यहरुमा पवित्रा सुवेदी, शान्ति भण्डारी, सदस्यहरुमा ऋषि राम कंडेल, प्रकाश भुसाल र महेश कुमार श्रेष्ठले उम्मेदवारी दिएका छ्न ।

निर्वाचन समितिका संयोजक लिलाधर शर्माका अनुसार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिसकिएको छ। यति बेला दुवै प्यानलका उम्मेदवारहरु मत माग्दै उपभोक्ताको घरदैलोमा पुगेका छ्न ।

प्रकाशित : २०७७ माघ ३० गते १८:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI